सुन तस्करी प्रकरणको आशंकामा समातिएका अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार १४:४:२७
२७ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् । राजश्व अनुसन्धान विभागले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार अनुसन्धानका क्रममा उनीहरूलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण देखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडिएको हो । उनीहरूसँगै व्यवसायी राकेश अडुकिया पनि थुनामुक्त भएको प्रहरी प्रवक्ता कडायतले बताए ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसुर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो ।
व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए । तर, उनको संलग्नता खुल्ने आधारहरू नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार