मन्थलीको गर्मी छल्ने आकर्षक पर्यटकीय गन्तव्य : ताबेँडाँडा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार १४:३२:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Tabe_Dada_XRHcyaIael_GTyTYQxqID.jpg)
२७ साउन, रामेछाप । मन्थलीको गर्मी छल्न रामेछापवासी र रामेछाप घुम्न आएकाको लागि उमाकुण्ड गाउँपालिकाको ताबेँडाँडा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा देखिएको छ ।
ताबेँ डाँडोलाई धार्मिक, पुरातात्विक र आकर्षक दृश्यावलोकन स्थलको रूपमा विकास गर्न उमाकुण्ड गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम सुरु गरेको छ । उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा पर्ने ताबेँडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक काम सुरु गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अहिले सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्छ्योर्तेन गुम्बालगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।
नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा संरचना निर्माणका काम भइरहेका छन् । त्यस्तै वाग्मती प्रदेशको पूर्वाधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैँयाको लागतमा पदमार्ग निर्माण भएको छ ।
उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा गोकुलगंगा गाउँपालिकाले १ करोड रुपैँयाको लागतमा मन्दिर निर्माण गरेको छ । उमाकुण्ड गाउँपालिकाले पनि संरचना निर्माणका विभिन्न काम गरिरहेको छ । हिउँदमा हिउँ पर्ने र चैत बैशाखमा विभिन्न जातका गुराँस र चिमलले ढकमक्क ताबेँ क्षेत्र वर्षामा कुहिरोको लुकामारीमा पनि त्यतिकै मनोरम देखिन्छ ।
रामेछापको सदरमुकाम मन्थली र दोलखाको जिरी जताबाट गए पनि ताबेँसम्म पुग्ने सडक बनेको छ । मन्थलीबाट रस्नालु, ठोसे हुँदै ताबेँडाँडा पुग्न सकिन्छ । रस्नालुबाट भुजीडाँडा हुँदै सोझै ताबेँ पुग्ने सडक पनि बनेको छ छ । दोलखाको जिरीबाट रामेछापको ठोसे निस्किएर पनि सो स्थानमा पुग्न सकिन्छ ।
सो स्थानबाट तलका भूभागका साथै हिम श्रृंखलाको दृश्यावलोकन निक्कै मनोरम देखिन्छ । स्थानीय परिकारका साथै ताबेँको आलु निक्कै मिठो र प्रख्यात त छ । आलु पनि ताबेँको यात्रामा सुनमा सुगन्ध थपेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार