अब कुनै पदमा चुनाव नलड्ने वालिङका पूर्व मेयर एवं कांग्रेस नेता खाँणको घोषणा
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार १५:२:५६
२७ साउन, वालिङ । नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर २ स्याङ्जाका सभापति दीलिपप्रताप खाँणले अब आफू कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका छन् । नेपाली कांग्रेसको विशेष आन्तरिक अभियान कार्यक्रम अन्तर्गत संयुक्त बैठकमा सभापति खाँणले अब आफू कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
कार्यक्रमको सभापति समेत रहेका खाँणले बैठक समापन गर्दै आफू २९ औं पटकसम्म चुनाव लड्दा कहिल्यै पराजित नभएको बताउँदै भने, ‘३० औं पटक २०७९ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा पराजित भए ।’ एकपटक पराजित भएपछि जनताले चुनाव लड्न हुँदैन भन्ने संकेत दिएकाले चुनाव नलड्ने प्रतिज्ञा गरेको छु उनले उक्त बैठकमा भने ।
पार्टीले एकपटक नगर प्रमुख र क्षेत्रीय सभापति बनायो, यसैमा आफू खुशी रहेको उनको भनाई थियो । अहिले पार्टीको क्षेत्रीय सभापति छु उनले भने, ‘यो पद पनि बीचमै छोड्न नमिल्ने रहेछ, यो कार्यकाल इमान्दारीपुर्वक पुरा गर्छु ।’ कांग्रेसलाई बलियो बनाउन मेरो तर्फबाट हरदम प्रयास रहने छ, उनले भने । अब पार्टीको काम गर्नेछु, चुनाव लड्दिन खाँणले बैठकमा भने,‘जनताले अनुमोदन नगरेपछि चुनाव लड्न पनि हुँदैन ।’ सभापति खाँणले अब चुनाव नलड्ने बताएपछि चुनावमा पराजित हुने व्यक्ति पुनः चुनाव लड्नु राम्रो नदेखिने संकेत हो भन्ने सन्देश सहभागीहरुलाई उनले दिएका छन् ।
खाँणले क्षेत्रीय समितिले धेरै विभागहरू गठन गर्ने काम बाँकी रहेकाले भदौ १० गते भित्र सबै विभाग गठन गर्ने र महासमिति सदस्यको समेत टुङ्गो लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको विधानले महासमिति सदस्य क्षेत्रीय निर्वाचनबाटै टुङ्गाउने प्रावधान रहेपनि स्याङ्जा क्षेत्र नम्बर २ ले अहिलेसम्म महासमिति सदस्य चयन गरेकोे छैन ।
सभापति खाँणले चुनाब लड्दिन भन्ने उद्घोष गरेपछि कार्यकर्ताहरू बीच मुखामुखी भएको एक कांग्रेसका नेताले बताए । बेला बेलामा नयाँ कुरा दिने खाँणले चुनाव नलड्ने बोलीले कार्यकर्ताहरू चकित परेको समेत उनले बताए । खाँणले गरेको यो उद्घोष अरू नेताले पनि सिक्नु पर्ने बताइएको छ । त्याग गर्न पनि सिक्नु पर्छ ति नेताले भने,‘खाँणले गरेको यो त्याग अरू नेताका लागि पाठशाला बन्नुपर्छ ।’ जसले कांग्रेसमा निष्ठा र त्यागको खोजी हुनेछ, उनले भने ।
खाँणले झण्डै २० बर्ष नेपाली कांग्रेसको वालिङ नगर सभापति र नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । वालिङ नगरको प्रमुख भएका बेला देशभरी चर्चामा रहेका खाँण २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेका कृष्ण खाँणसँग नगर प्रमुखमा पराजित भएका थिए ।
नेपाली कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको संयुक्त बैठकमा क्षेत्र नम्बर २ को प्रदेश (१) र प्रदेश (२) का कार्यसमितिसहित भीरकोट, वालिङ, गल्याङ चापाकोटका नगर समिति र कालीगण्डकी गाउँपालिका कार्य समिति लगायतको सहभागिता रहेको थियो । बिशेष आन्तरिक अभियानका लागि नेपाली कांग्रेस केन्द्रले स्याङ्जाका लागि सिता देवकोटालाई प्रतिनिधिको रुपमा पठाएको छ भने गण्डकी प्रदेशले सिता गुरुङलाई पठाएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले केन्द्रीय नेताहरू नसच्चिएसम्म कांग्रेस बलियो बनाउन नसकिने गुनासो गरेका थिए । नेपाली कांग्रेस स्याङ्जाले केन्द्रीय समितिले दिएको निर्देशन अनुसार विशेष आन्तरिक अभियान सफल बनाउन आफ्ना मातहतका समितिलाई निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार