देशका अधिकांश क्षेत्रमा वर्षा, केही जिल्लामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १०:५७:०
२८ साउन, काठमाडौं । देशका धेरै साना ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अविरल वर्षासँगै नदीमा बहाव बढेको हो । केही जिल्लामा आज बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।
महाशाखाका अनुसार वाग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस दिन कोसी, कन्काई, कमला, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह रहे पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहनेछ ।
यस्तै, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र पाल्पा भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
बर्दियामा आइतबार बिहान भारी वर्षा मापन गरिएको छ । पछिल्लो ३ घण्टामा बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान छ । ती स्थान भई बहने साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ ।
पछिल्लो तीन घण्टामा बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेको छ,” विभागको सूचनामा उल्लेख छ, “सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्रमा रहनु हुनेले दिउँसोसम्मै सतर्कता अपनाऔँ ।”
मौसमविद गोविन्द झाले आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए । २४ घण्टाको अवधिमा २०० मिलिमिटर वा सोभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।
यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार