हरेक भन्सारमा छली र ठगी जस्ता काम भइरहेका छन, तपाईहरु एक्सन प्लान बनाएर काम गर्नुसः अर्थमन्त्री
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १२:५:३७
२८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक भन्सार कार्यालयमा भन्सार छली, चोरी निकासीलगायत कार्य भइरहेको भन्दै मातहतका कर्मचारीलाई यसलाई रोक्ने गरी काम गर्न निर्देशन दिएका छन् । भन्सार कार्यालयहरूबाट हुँदै आएका सबै प्रकारका ठगी रोक्न एक्सन प्लान बनाएर काम गर्न भन्सारका कर्मचारीहरूलाई उनले निर्देशन दिएका हुन् । मन्त्री महतले कुनै पनि भन्सारबाट सामान आयात वा निर्यातका क्रममा थोरै मात्र कमजोरी भेटिए कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
भन्सार विभागले आइतबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले भन्सारमा धेरै गलत गतिविधिहरू भएकाले अब यसलाई रोक्न कुनैपनि मापदण्ड प्रयोग गर्न आवश्यक भएको बताए । अर्थमन्त्री महतले कार्यालय प्रमुख र अरू कर्मचारीबीच कामको सामन्जस्यता नमिलेको पाइएको भन्दै एक अर्काबीच चेक एण्ड ब्यालेन्स मिलाएर काम गर्न निर्देशन दिए ।
उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरूको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए । उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरूलाई आफूलाई सानो नठान्न आग्रह गर्दै हरेक कामलाई गहन जिम्मेवारीमा छु भनेर गर्न र भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार