जनमतलाई सरकारमा ल्याउन मन्त्रिपरिषद हेरफेर गर्दै प्रधानमन्त्री, माओवादीका एक मन्त्रीको जागिर जाने
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १२:६:३०
२८ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । समर्थन दिएपनि सरकारमा सहभागी नभइरहेको जनमत पार्टीलाई एक मन्त्री दिएर सरकारमा सहभागी गराउन उनले मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । यसका लागि माओवादीबाट एक मन्त्रीलाई फिर्ता बोलाई भएको छ ।
प्रचण्डले माओवादीबाट मन्त्री भएका मध्ये कसलाई फिर्ता बोलाउने भन्ने टूंगो भएको छैन । उनले आफ्नो पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाएर त्यस ठाउँमा जनमतबाट मन्त्री नियुक्ति गर्न लागेको हुन् । कुन मन्त्रीलाई हटाउने हुन् त्यसबारे जानकारी दिइएको छैन । तर एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई ‘इन्ट्री’ गराउने पक्का भएको माओवादी केन्द्रका नेता नारायण दाहालले बताए ।
माओवादी केन्द्रबाट सामान्य प्रशासनमा अमनलाल मोदी, उर्जामा शक्तिबहादुर बस्नेत, पर्यटनमा सुदन किराँती, गृहमा नारायणकाजी श्रेष्ठ र संचारमा रेखाकुमारी शर्मा मन्त्री छन् । यी मध्ये एकलाई हटाएर जनमतकी अनितादेवी साहलाई नियुक्ति गर्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा २५ सदस्यीय मन्त्रिपरिषद कायम छ । संविधानतः मन्त्रिपरिषदको आकार त्यसभन्दा बढाउन नमिल्ने भएपछि आफ्नै पार्टीका एक मन्त्रीलाई प्रचण्डले जिम्मेवारीबाट मुक्त बनाउन लागेका हुन् । गौर हत्याकाण्ड छानबिनका लागि सरकारले तयारी थालेपछि पछिल्लो समयमा सरकारसँग जसपा चिढिएको बेला तराई केन्द्रित राजनीति गर्दै आइरहेको जनमतलाई सरकारमा सामेल गराउन लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार