मन्त्रिपरिषद हेरफेर गर्दा गृहमन्त्रीबाट श्रेष्ठलाई हटाउन प्रधानमन्त्री प्रचण्डलाई सत्ता पक्ष र विपक्षबाट दवाव
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १३:५८:१६
२८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई उपप्रधान तथा गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउन सत्ताभित्र र बाहिरबाट दवाव बढेको छ । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादीबाट सरकारमा गएका एक मन्त्रीलाई फिर्ता गराउने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई अरू मन्त्रीको सट्टा गृहमन्त्री श्रेष्ठलाई हटाउनुपर्ने दवाव आएको माओवादीका एक नेताले नेपालबहसलाई बताए ।
प्रधानमन्त्री प्रचण्ड आइतबार नै मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । तर, उनलाई पार्टीबाट गृहमन्त्रीबाट श्रेष्ठलाई हटाउनुपर्ने दवाव बढेको छ । आफ्नो नेतृत्वको सरकार बचाउनका लागि पनि अहिले नारायणकाजीलाई मन्त्रीबाट हटाउन आवश्यक देखिएको ति नेताको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागिरहेका बेला माओवादीभित्र र सरकारमा सहभागी दलका तर्फबाट पनि उनलाई हटाउनु पर्ने दाव बढेको छ ।
सांसद सुनील शर्मा पक्राउन प्रकरणलाई लिएर सत्ता पक्षको ठूलो दल नेपाली कांग्रेसले पनि गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने मत बाहिर ल्याएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने १९ सदस्यमध्ये अधिकांशले गृहमन्त्रीलाई नहटाउने हो भने कांग्रेसले गठबन्धनबारे विचार गर्नु पर्ने भन्दै सभापति शेरबहादुर देउवालाई चाँडो निर्णय लिन आग्रह गरेको थिए ।
आज पनि कांग्रेसको संसदीय दलको बैठक चलिरहेको छ । बैठकमा बोल्न बाँकी रहेका सदस्यहरूले पनि सरकारको कामकारवाही र गृहमन्त्री श्रेष्ठको रवैयाबारे प्रश्न उठाइरहेका छन् । सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठले लिएको नीतिप्रति माओवादी भित्र पनि विवाद देखिएको छ । नेताहरू अग्नि सापकोट, जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतलगायत नेताहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनमा रहेका दल र मुख्य गरी नेपाली कांग्रेससँग छलफल गरेर एकपटक मन्त्री मण्डललाई पुनर्गठन गर्न सुझाव दिएका छन् ।
पार्टीका नेताहरूले गृहमन्त्रीको काम कारवाहीप्रति नकारात्मक धारणा बनाइ रहेकाले आन्तरिक विवादलाई मिलाएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले चितवनबाट फर्किएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए । तर, चारैतिरबाट गृहमन्त्री श्रेष्ठलाई गृहमन्त्रीबाट हटाउनुपर्ने दवाव आइरहेकाले प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । उनले माओवादी मन्त्री भएका सुदन किराँती वा अमनलाल मोदी मध्ये एक जनालाई फिर्ता बोलाएर जनमतबाट मन्त्री बनाउने तयारी गरेका थिए ।
समर्थन दिएपनि सरकारमा सहभागी नभइरहेको जनमत पार्टीलाई एक मन्त्री दिएर सरकारमा सहभागी गराउन मन्त्रिपरिषद हेरफेर गर्न लागेका प्रधानमन्त्रीको कार्यक्रम आज रोकिने अवस्था पनि देखिएको छ । प्रचण्डले माओवादीबाट मन्त्री भएका मध्ये कसलाई फिर्ता बोलाउने भन्ने टूंगो अहिलेसम्म गरेका छैनन् । उनले आफ्नो पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाएर त्यस ठाउँमा जनमतबाट मन्त्री नियुक्ति गर्न लागेको थिए । कुन मन्त्रीलाई हटाउने भन्ने सोच बनाइरहेका बेला गृहमन्त्री हटाउन दवाव आएपछि प्रचण्ड अप्ठ्यारोमा परेको माओवादी नेताको भनाइ छ ।
माओवादी केन्द्रबाट सामान्य प्रशासनमा अमनलाल मोदी, उर्जामा शक्तिबहादुर बस्नेत, पर्यटनमा सुदन किराँती, गृहमा नारायणकाजी श्रेष्ठ र संचारमा रेखाकुमारी शर्मा मन्त्री छन् । यी मध्ये एकलाई हटाएर जनमतकी अनितादेवी साहलाई नियुक्ति गर्ने भएको हो । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा २५ सदस्यीय मन्त्रिपरिषद कायम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार