लिडर बैंकको यात्रामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, वासलातको आकार ठूलो हुँदा अन्य सूचकहरु कस्ता छन् ?
निजी वाणिज्य बैंकहरु मध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ऋण लिन सस्तो पर्ने
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १५:६:४४
२८ साउन, काठमाडौं । बिग मर्जर प्रक्रिया सम्पन्न गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दिन प्रतिदिन ठूलो बैंकको रुपमा आफूलाई स्थापित गर्ने बाटोमा अघि बढेको छ । मर्जर पश्चात बैंकको वासलातको आकार ठूलो हुँदै गएको छ र लिडर बैंकको यात्रामा बैंकको साइज मेन्टेन भएको देखिन्छ ।
आर्थिक बर्ष ०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले ६६ प्रतिशतले जगेडा कोष वृद्धि गर्न सफल भएको छ । त्यस्तै बैंकको निक्षेप र कर्जा ९० प्रतिशत माथि वृद्धि गर्न सफल भएको छ । खुद ब्याज आम्दानीमा शत प्रतिशत वृद्धि गर्न सफल भएकोले खुद मुनाफा १३ प्रतिशतले बढेको छ ।
बैंकको आधार ब्याजदर ९ दशमलव ३६ प्रतिशत छ । यसको अर्थ बैंकमा अन्य बैंकको तुलनामा कर्जा सस्तो छ भन्ने बुझिन्छ । बैंकले बेसरेटको आधारमा कर्जा प्रवाह गर्ने गर्छन् ।
चुक्ता पुँजीको हिसाबमा बैंक देशको दोश्रो ठूलो वाणिज्य बैंक रहेको छ । सर्वाधिक पुँजी भएको ग्लोबल आइएमई बैंकको ३५ अर्ब ७७ करोड चुक्ता पुँजी हुँदा नेपाल इन्भेष्टमेण्ट मेगाको ३४ अर्ब १२ करोड चुक्ता पुँजी छ ।
बैंक संचालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा प्रजन्य राजभण्डारी, गोपाल खनाल, मदनकुमार आचार्य, मुक्तिराम पाण्डे र कविकुमार टिवरेवाला रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओे ज्योती प्रकाश पाण्डेदेखि वरिष्ठ डेपुटी सीईओमा महेश शर्मा ढकाल र डेपुटी सीईओमा बिजेन्द्र सुवाल रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले ४ अर्ब २९ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब ७९ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १३ दशमलव १४ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ५ अर्ब ८१ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १२ अर्ब २७ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ११० दशमलव ९६ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा १८ दशमलव ६४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ६ अर्ब २८ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रूपैयाँ ०७ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २० रुपैयाँ ७४ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २२ दशमलव ५२ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ८७ दशमलव ८९ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ४६ पैसा मात्र रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रूपैयाँ १४ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ९१ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ९३ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ६६ दशमलव २० प्रतिशतले बढ्दै २३ अर्ब ८९ करोड पुगेको छ भने संचित मुनाफा ८७ दशमलव ८९ प्रतिशतले घटेर १५ करोड ८३ लाख रूपैयाँ पुगेको छ ।
किताबी मूल्य
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १७० रूपैयाँ ४८ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव ३५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ४९ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै ९ दशमलव ३६ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ९९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार