गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब जवाफ दिन रोष्टममा आउने हैन, तत्काल पदबाट राजीनामा दिनुपर्छः ओली
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १४:२१:२०
२८ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले यस्ता असफल र अनैतिक व्यक्तिलाई गृहममन्त्री जस्तो जिम्मेवारपूर्ण पद बसिरहन नमिल्ने बताएका छन् । चारैतिबाट गृहमन्त्री भएन भनेर आवाज उठिरहँदा पनि उनलाई हटाउन नखोज्नुले प्रधानमन्त्रीमाथि पनि सशंकित हुनुपर्ने अवस्था आएको बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्रीको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताए । अब राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हुने उनले बताए ।
ओलीले भने, यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ । गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले कसरी ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् ? केही नखोज्ने र खोज्न पनि नदिने ।’ सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो‚ त्यस विषयमा गरिएको छानबिन गायब गरिएको आरोप अध्यक्ष ओलीले लगाए ।
चारी र तस्करी हुन्छ तर, तार सरकार आफै तार काट्ने र क्यामेराको मुन्टो अर्कोतर्फ फर्काउने काम गरिरहेको घाटी मर्काउने कस्तो सरकार हो यो, उनले भने । ओलीले गृहमन्त्री र अर्थमन्त्रीले यस्तो अवस्था हुँदा पनि राजीनामा नगरी कसरी बस्न सकेको हो भन्ने पत्रकार प्रश्न गरे । ’यो आठौं होइन नवौं आश्चर्य हो । त्यसमाथि पनि गृहमन्त्री जसको अभिभारा हो र जिम्मेवारी हो उसले विल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिड्न अफ्ठ्यारो लाग्दैन ?’ ओलीले प्रश्न थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार