वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १२:३४:९
काठमाडौं । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले लेखेकी छिन् ।
साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रि«य विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ ।
यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ ।
विदेशमा कागजी प्रक्रिया पुगेको मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेको मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार