बैंकहरुले आफै ब्याजदर तोक्ने निर्णयबारे पुनर्विचार गर्न गभर्नरसहित अर्थमन्त्रीको बैंकरहरुसँग छलफल
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १७:४३:५२
२८ साउन, काठमाडौं । बैंकको व्याजदर लगायतका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेको छ । आइतबार साँझ साढे ५ बजेदेखि ब्याजदरको सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल चलिरहेको छ ।
अर्थ मन्त्रलयको सचिवालेयले पनि ब्याजदर, समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाको बारेमा छलफल गर्न गभर्नर र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको बताएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले १ साउनदेखि भद्र सहमतिको नाममा ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गर्दै बैंकहरुले आफैं ब्याजदर तोक्ने निर्णय गरेको थियो ।
१ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्ने मिति नजिक आउँदै गर्दा गभर्नर समेत राखेर अर्थमन्त्रीले ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै बैंकरलाई बोलाएका हुन् । १२.१३३ प्रतिशत पुर्याएको निक्षेपको ब्याजदर बैंकहरुले पछिल्लो १ साउनदेखि ९ प्रतिशत भनदा तल झर्दा केही बैंकको मात्रै दोहोरो अंकमा छन् ।
मौद्रिक नीतमिा राष्ट्र बैंकले मुद्रास्फीतिको लक्ष्य अनुसार नीतिगत दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा ल्याएको छ । तर, बैंकदर ७.५ प्रतिशतमा यथावत छ । बैंकरहरु अर्थमन्त्रीले भने पनि निक्षेपको ब्याजदर थप घटाउने अवस्था नरहेको बताउँछन् । बैंकहरुले पनि स्थानीय तहको सञ्चित कोषमा रहेको ५० प्रतिशत निक्षेप गणना गर्न पाउने अवस्थामा ब्याजदर आफैं घट्ने बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार