भन्सार सेटिङमा कच्चा पदार्थ भन्दै तयारी सेनेटरी प्याड आयात भएको तथ्य खोज्दै भन्सारः शारदा र विशाल ग्रुप निगरानीमा
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १९:१४:५८
२८ साउन, विराटनगर । सरकारले सेनेटरी प्याडको उत्पादनमा सरिक नेपालका उद्योगलाई कच्चा पदार्थ आयातमा आयकरमा छुटको व्यवस्था गरेपनि व्यवसायीहरूले भने रेडिमेड प्याड नै भित्र्याउन थालेको खुलासा भएको छ । सेनेटरी प्याडको उत्पादनमा सरिक नेपालका उद्योगहरूले भने तयारी सेनेटरी प्याड नै आयात गरी बार्षिक करोडौं आयकर छुट लिने गरेको पाइएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ ।
छोटो समय मै करोडौं कमाउन पल्केका व्यापारीले पछिल्लो समय विराटनगर भन्सार नाका भएर भन्सार कर्मचारीसँगको सेटिङ्गमा प्याड आयात गर्ने गरेको रहस्य खुलेको छ । तर विराटनगर भन्सारका नयाँ भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले त्यस्ता उद्योगीहरुलाई निगरानी गर्न थालेपछि सरकारलाई ठग्न पल्केका त्यस्ता उद्यमीहरु अहिले तिल्मिलाउन थालेका छन ।
नेपाल सरकारले अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को बजेटदेखि सामुदायिक विद्यालय स्तरका विद्यार्थी लक्षित कार्यक्रमका लागि बार्षिक एक अर्ब ८७ करोड रकमको बजेट सेनेटरी प्याड खरिदका लागि विनियोजन गरेको थियो । त्यसबेला सेनेटरी प्याड आयात गर्नेदेखि उत्पादन गर्दै आएका व्यवसायीहरूले सेनेटरी प्याडमा लाग्ने कच्चा पदार्थको आयात ह्वात्तै बढाएका थिए । त्यसको केही समयपछि सेनेटरी प्याड उत्पादन गर्दै आएका उद्योगीहरुले नेपालका उद्योगमा आफै उत्पादन गर्दा लागत बढ्ने देखेपछि तयारी वस्तु (सेनेटरी प्याड) लाई कच्चा पदार्थको रुपमा घोषणा गरेर भन्सार सेटिङ्गमा सेनेटरी प्याडको आयात गरेको रहस्य त्यसबेलै खुलेको थियो ।
तर भन्सार सेटिङ्गमा आयात भएका त्यस्ता सेनेटरी प्याड आयात कर्ता र उद्योगीलाई कुनै कार्वाही नगरी छोडिएकोमा हालै महालेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा सेनेटरी प्याड आयात गर्ने उद्योगीबाटै करोडौं असुलउपर गर्नुपर्ने भन्दै बेरुजू देखाएपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालनमा रहेको जसमिन हाइजिनले करिब १९ लाख बेरुजू रकम जरिवानावापत तिरेको विराटनगर भन्सार स्रोतले जानकारी दिएको छ ।
भन्सार स्रोतले दिएको जानकारी अनुसार व्यवसायीहरूले विशेष गरेर भारत र चीनमा निर्मित सेनेटरी प्याड आयात गर्दा भन्सार मूल्याङ्कन ज्यादै कम हुने गरी नेपाल भित्र्याउँदै आएको जानकारी दिएको छ । त्यसको ज्वलन्त उदाहरणका रुपमा विराटनगर भन्सार नाका प्रयोग गरी उद्योगी पुनित शारदा र बीरगञ्ज भन्सार नाका प्रयोग गर्दै तुलसीराम अग्रवालले ठूलो परिमाणमा सेनेटरी प्याडको आयात गरेको रहस्य अहिले आएर खुलेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि भन्दै स्थानीय निकायहरूबाट सेनेटरी प्याड खरिदका लागि टेण्डर आव्हान हुन थालेपछि त्यस बेला व्यवसायी शारदा र अग्रवालले सेनेटरी प्याडको आयात व्हात्तै बढाएका थिए । स्वदेशी उद्योगहरू आयातित सेनेटरी प्याडको मारमा परी धरासायी हुने अवस्था आउँदा पनि विदेशबाट आयात हुने गुणस्तरहीन सेनेटरी प्याडको आयात बढ्दा संकटमा परेको अवस्थामा सरकारले प्याड उद्योगहरूलाई आयकर छुट दिएर राहत दिएको थियो ।
त्यसरी सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनका लागि भएपनि बाहिरबाट आयात गरिएको सेनेटरी प्याडलाई निरूत्साहित गर्दै स्वदेशी उद्योगलाई लाग्ने मुल्य अभिबृद्धि करमा समेत छुटको व्यवस्था मिलाएर लागत मूल्यमा मात्र सेनेटरी प्याड बिक्री वितरण गर्ने व्यवस्था मिलाउन करिडोरका उद्योगीलाई बारम्बार आग्रह गर्दा पनि अटेर गरेपछि भन्सार सेटिङ्गमा आयात गर्न पल्केका सेनेटरी प्याडका उद्योगी व्यापारीहरू यतिबेला भने भन्सारको निगरानीमा पर्न थालेका छन् ।
पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालन हुँदै आएको जसमिन हाइजीन उद्योगका नाममा आर्थिक वर्ष २०७६/०७७, ०७७/०७८, र आर्थिक वर्ष ०७८/०७९ मा आयात भएको सेनेटरी प्याडदेखि टिस्यु पेपर समेत गरी १५ लाख ६० हजार ४ सय ४२ रूपैयाँ भन्सार असुलीमा छुट भएको भन्दै असुलीको प्रक्रिया सुरु भएको छ । विराटनगरका उद्योगी तथा व्यवसायीहरूले भन्सार जाँचपासमा कच्चापदार्थ उल्लेख गर्दै रेडिमेड सेनेटरी प्याड आयात गर्ने र उद्योगलाई आवश्यक कच्चा पदार्थको सुविधा दुरुपयोग भएको उजुरी पछि भन्सार विभागबाट उक्त जसमिन हाइजिन उद्योगका नामबाट आयात भएको वस्तुमाथि प्रज्ञापनपत्रमार्फत छानविन गरी भन्सार असुलीमा छुट भएको निश्कर्षका साथ असुलीको प्रक्रिया सुरु भएको हो ।
कच्चा पदार्थ आयात गर्दा उद्योगले तोकिएको भन्सार महसुलको २० प्रतिशत मात्रै राजश्व तिरे पुग्ने व्यवस्था सरकारले गरेको कारण उद्योगी तथा व्यवसायीबाट यही प्रावधानमा टेकेर तयारी सेनेटरी प्याडलाई नै कच्चा पदार्थको रुपमा भन्सार सेटिङ्गमार्फत ठूलो परिमाणमा सेनेटरी प्याड आयात भएको दावी भन्सार स्रोतले गरेको छ ।
तयारी सेनिटरी प्याड विदेशबाट आयात गर्दा प्रति गोटा भन्सार दर चारदेखि छ रूपैयाँको राजश्व सरकारले तोकेको छ । तर कच्चा पदार्थको भन्सार दर एक रूपैयाँ २५ पैसादेखि एक रूपैयाँ २७ पैसा प्रति गोटा कायम गरी आयात हुन्छ । यही भन्सार दरको ठूलो फरकलाई कमाउको माध्यम बनाएका थिए । अझ विराटनगर भन्सार र बीरगञ्ज भन्सार प्रयोग गर्ने उद्योगी तथा व्यवसायीहरूले प्रति गोटालाई प्रति केजीमा परिणत गरी प्रति केजी १ रूपैयाँ २७ पैसामा सेनेटरी प्याडको आयात गर्ने गरेको रहस्य पनि अहिले बाहिरिएको छ ।
नेपालमा भारत र चीनबाट तयार गरिएका सेनिटरी प्याड धेरै मात्रामा भित्रिने गरेको भनाइ व्यवसायीको छ । तयारी सामग्रीलाई कच्चा पदार्थ देखाउँदा फाइदा हुने भएपछि प्याड आयातकर्ता र उद्योगीले उत्पादन भन्दा पनि आयातलाई नै प्राथमिकता दिएर रातारात करोडौं कमाउने धन्दा संचालन गरेका थिए । नेपालमा सबैभन्दा धेरै सेनेटरी प्याडको आयात गर्दै आएको विशाल ग्रुप समुहको युनाइटेड डिस्ट्रिव्युटर र सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालन हुँदै आएको जस्मिन हाइजिन प्रालिले भन्सार सेटिङ्गमा ठूलो मात्रामा तयारी सेनेटरी प्याड आयात गर्दै आएको दावी स्रोतले गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा जस्मिन हाइजीन प्रालिले विराटनगर भन्सारको सेटिङ्गमा उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ भन्दै ठूलो मात्रामा तयारी सेनेटरी प्याड नै आयात गरेको भन्सार प्रज्ञापनपत्र समेत फेला परेपछि उद्योगी शारदाको जसमिन हाइजीनले आयात गरेको सेनेटरी प्याड छानविनका लागि भन्सार विभागले तीव्रता दिएको रहस्य खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार