प्रधानमन्त्री प्रचण्डद्वारा ८ औँ पटक मन्त्रिपरिषद विस्तार, जनमतकी अनितादेवी बनिन सामान्य प्रशासनमन्त्री
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार ११:४:३८
२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ महिनामा ८ औं पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जनमत पार्टीकी अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाएर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् । यसअघि, नेकपा माओवादी केन्द्रका तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो । प्रचण्ड गत पुस १० मा माओवादी केन्द्रबाट मुलुकको तेस्रो प्रधानमन्त्री बनेका थिए । आइतबार नै उनले आफ्नो दलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएर जनमतका लागि स्तान दिएका थिए ।
जनमत पार्टीले पनि एक साताअघि नै मन्त्रीका लागि अनितादेवी साहको नाम सिफारिस गरिसकेको थियो । संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा तेस्रो ठूलो दलबाट प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो सत्तालाई स्थिरता दिन पटक–पटक मन्त्रिपरिषद्को पुनर्गठन र हेरफेर गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहँदै आएका छन् ।
पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका प्रचण्डसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन् । पुस १० मा एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई साथ लिएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसको भोलिपल्टै ८ सदस्यीय मन्त्रिपरिषमा माओवादी केन्द्रसहित एमाले, रास्वपा र जनमत सहभागी भएका थिए । माघ ३ मा राप्रपालाई समेत सहभागी गराउँदै प्रधानमन्त्री प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसमा एमालेका विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री भएका थिए ।
माघ १३ मा सर्वोच्च अदालतको आदेशबाट तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री बनेको एक महिनामै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अस्थिर बनेको थियो । रास्वपा सरकारबाट बाहिरिएपछि रास्वपाले सम्हालिरहेका थप दुई मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक विकासको जिम्मेवारी पनि प्रचण्ड आफैंले सम्हालेका थिए । चैत १७ मा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । कांग्रेसकै कारण प्रधानमन्त्री प्रचण्डले थप तीन पटक मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्याे ।
खड्कासहित ४ मन्त्री पठाएको कांग्रेसले थप ५ मन्त्रालयमा तीन किस्तामा मन्त्री पठायो । वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री, वैशाख २० मा धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री र वैशाख २४ मा सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरिए ।
नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरेर आचार्यलाई उनको जिम्मेवारी दिइयो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक जेठ ९ मा जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री नियुक्त गर्न फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । आज सोमबारसमेत गर्दा ८ औँ पटक मन्त्रिपरिष पुनर्गठन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार