आजबाट सोनापुर मिनरल्सको प्रिमियम मूल्यमा आईपीओ खुला
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार ११:५७:१४
२९ साउन, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिडेडले सोमबारदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।
जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रूपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २२५ रूपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको हो ।
यसमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यता, कम्पनीले फेस भ्याल्यू १०० रूपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रति कित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यस कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत शेयर भर्न सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आइपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औष जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार