केन्द्रीय समितिबाट नभएका केही निर्णय संसदीय दलबाट गराउने कांग्रेसको तयारी, दलको बैठकमा पनि देउवा शान्त
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १२:२७:५९
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि जारी छ । शुक्रबारदेखि चलेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । दलको बैठकमा केन्द्रीय समितिमा भन्दा आफ्ना कुरा राख्न सहज भएको नेताहरूको भनाइ छ । सांसदहरुको बोल्ने काम आज सकेर सभापति देउवा बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् । आजै बैठकले केन्द्रीय समितिमा हुन नसकेका केही विषयहरूमा कांग्रेसको धारण सार्वजनिक गर्ने भनिएको छ ।
शुक्रबारबाट सुरु भएको दलको बैठक विगत बैठकभन्दा फरक रहेको नेताहरू बताउँछन् । संसदीय दलमा लगातार यसरी कम मात्र छलफल भएका छन् । यसपटक सभापति देउवा केन्द्रीय समितिको बैठकमा भन्दा पनि शान्त भएर बसेका छन् । बैठकमा सबै सदस्यहरूलाई पालैपालो बोल्नका लागि उनैले समय दिएका छन् । बोलिसकेका अधिकांश सदस्यले सरकारको आलोचना गरेका छन भने यस्तो कठिन अवस्थामा कांग्रेस चुप लागेर बस्न नहुने भन्दै सभापति देउवालाई तत्काल कुनै निर्णयमा पुग्न सुझाव दिइरहेका छन् ।
संसदीय दलको बैठकले वर्तमान देशमा देखिएका र सरकारका विषयमा कांग्रेसले केही भनाइहरु बाहिर ल्याउने तयारी गरेको छ । बैठकमा सहभागी नेताको भनाइमा सात विषयमा सुरु भएको छलफलमा अरू धेरै विषयहरू थपिएका छन् । अन्तिममा बोल्ने पालो सभापतिको भएकाले अहिले नै यही विषयमा कांग्रेसले फोकस गरेर निर्णय सार्वजनिक गर्छ भन्ने एकिन छैन । बैठकमा संस्थापन पक्षका संसदहरूले यसै अनुसार अगाडि जानुपर्छ भन्न सकेका छैनन् ।
केन्द्रीय समितिको बैठकपछि यति बेला कांग्रेसका प्रायः नेताहरू पार्टीको काममा खटिएका छन् । सबैलाई जिम्मेवारी दिएर देउवाले संसदीय दलको बेठक सुरु गरेका हुन् । सांसद नभएका जति केन्द्रीय सदस्यसहितका नेताहरू यति बेला जिल्ला जिल्लामा छन् । कांग्रेसले साउन २० देखि सुरु गरेको पार्टी संगठन सुदृढीकरणको अभियान जारी छ । ७७ वटै जिल्लामा चलिरहेको यो अभियान भोलि साउन ३० गते सकिँदैछ ।
जिल्ला नगएका सांसदहरुलाई राखेर देउवाले दलको बैठकमा छलफल गराइरहेका छन् । एकैपटक कांग्रेस नेताहरू पार्टीका छलफलमा व्यस्त भएको पनि यो पहिलो पटक नै हो । जिल्लाको १० दिने अभियान भोलि सकिनेछ भने संसदीय दलको बैठकमा आज बोल्ने काम नसकिए भोलिसम्म लम्बिने नेताहरूको भनाई छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा जारी बैठक बिहान १० बजेदेखि चलिरहको छ । बैठकमा समसमायिक राजनीतिक विषय, सांसद सुनील शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा छलफल भइरहेको छ ।
हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफ्नो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् । तस्करीको क्विन्टल सुन बरामदको तीन सातासम्म पनि मुख्य नाइके पत्ता नलाग्नु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करसँग राजनीतिक शीर्षस्थ नेताहरूको संलग्नताबारे खुलासा गर्दा समेत अनुसन्धान नबढाइएको भन्दै कांग्रेसभित्र चर्कै बहस भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार