उचित कर लगाएर सुनको आयात खोल्नुपर्छ: देउवा
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १४:१४:५६
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन आयात खोल्नुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उचित कर लगाएर सुन आयात खोल्नुपर्ने बताएका हुन् । सुनको आयात खुलाको नीति नहुँदा तस्करी मौलाएको र यसको दीर्घकालीन समाधान कर लगाएर आयात खोल्दा मात्र हुने उनले बताए ।
संसदीय दलको बैठकलाई सोमबार सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सुन आयात न्यूनतम कर लगाएर खोल्नुपर्यो नत्र यो समस्या जहिले पनि रहिरहने बताए । क्विन्टल सुन तस्करीको विषयमा छानबिन माग गर्दै एमालेले संसद अवरोध गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । तीन दिन बसेको बैठकको अन्तिममा आज देउवा बोलेका थिए । दलको बैठकका निर्णय भने आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार