टक्सार विभागमा राखिएको सय किलो सुन ब्रेक शुु खोलेर जोख्ने काम सुरु, तीन दिनभित्र नतिजा आउने
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १४:२२:१०
२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्न आग्रह गरेपछि सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।
उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्याउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुनेछ । यसको अन्तिम नतिजा आउन तीन दिनसम्म लाग्नेछ । राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यस बेला ब्रेक शुसहितको तौल लिइएको थियो ।
सुन छुट्याइ सकेपछि एकैदिनमा जोखेर सकिन्छ, त्यसपछि गुणस्तर जाँचका लागि थप तीन दिन लाग्ने उनले बताए । सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुने छ ।
सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।
उनका अनुसार सुन नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको प्रतिनिधि, राजस्व अनुसन्धान विभागका प्रतिनिधि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महाशाखाका प्रतिनिधि राखेर खालिदैछ । विभागले बरामद गरेको सुन टक्सार महाशाखामा सिल गरेर राखेको छ । आठ वटा कार्टुनमा रहेको ‘ब्रेक सु’ सहितको सुनको तौल १५५ केजी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
रौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार