संसद अवरुद्ध गर्नु गैरजिम्मेवारपूर्ण काम, सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्छः कांग्रेस
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १५:१९:४५
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले लामो समयदेखि संसदलाई अवरोध गरिहनु नेकपा एमालेको गैरजिम्मेवारीपूर्ण काम भएको भन्दै सुन तस्करी प्रकरणको छानविन सरकारी निकायबाटै हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । संसद खुलाउन कांग्रेसले सत्तापक्ष र विपक्षी दलहरुसँग संवाद गर्ने पनि जनाएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो समयसम्म संसद अवरुद्ध हुने कार्यलाई गैरजिम्मेवारपूर्ण भएको ठहर गर्दै कांग्रेस संसदीय दलले एमालेलाई संसद् अवरुद्ध अन्त्य गर्न आह्ववान पनि गरेको छ । जनताको सरोकारको विषय सदनमा उठ्न नसकेको र महत्वपूर्ण विधेयक पारित हुन नसकेको भन्दै कांग्रेसले सरकारबाट नयाँ विधेयक प्रस्तुत गर्ने र प्रतिनिधिसभामा विषयगत समितिका सभापतिहरु चयन गर्ने काम हुननसकेको बताएको छ । कांग्रेसले सत्तारुढ दल तथा विपक्षी दलहरुसँग संवादमार्फत सदन सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ । संसद् निस्क्रिय भएको अवस्थाले संसदीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुने जोखिम बढेको निणर््यमा भनिएको छ ।
यस्तै कांग्रेसले संसदप्रति सरकार जवाफदेही हुनुपर्ने र संसद् आफैं पनि जनताप्रति जवाफदेही हुनुपर्ने जनाएको छ । सदनमा प्रतिपक्षी दल आलोचनात्मक रुपमा प्रस्तुत हुनु स्वभाविक भएपनि लामो समयसम्म संसद् अवरुद्ध पारेर छलफल हुन नसक्ने अवस्था ल्याउनु गैरजिम्मेवारपूर्ण कार्य भएको कांग्रेसले ठहर गरेको छ । एमालेका सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै केही सातादेखि नियमित रुपमा संसद् अवरुद्ध पार्दै आएको विषयमा कांग्रेसले यस्तो निर्णय गरेको हो ।
यस्तै कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ । उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।
उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ । जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’
कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए । सुन तस्करी प्रकरणमा सरकारका निकायले छानबिन गर्नुपर्छ भन्दै उनीहरुले राज्यका संस्थालाई अविश्वास गर्न नहुने बताएका थिए । थापाले बैठकमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने बताएका थिए । माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रस्ट पार्न भनेछ, यो कुरा पार्टीको बैठकले भन्ने होइन, सीआईबीले छानबिन गर्नुपर्छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार