साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव चीन प्रस्थान
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १७:२:४१
२९ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् । चीनको कुनमिङमा आयोजना हुने सातौँ चीन दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । उनी यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।
भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार