शिवम् सिमेन्ट्सको खुद नाफा ५६.२१ प्रतिशतले घट्यो
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १०:४८:४२
३० साउन, काठमाडौं । शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६.२१% थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८% ले घटेर ७ अर्ब ७५ करोड रूपैयाँमा आए पछि खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष उक्त आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यसका साथै कम्पनीको वित्तीय लागत पनि अघिल्लो वर्षको ६ करोड ५३ लाख रुपैयाँबाट बढेर गत असार मसान्तसम्ममा ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमासभर महंगो बैंक ब्याजदर, तरलता संकुचन, विश्व बजारमा इन्धनको अत्याधिक मूल्य वृद्धिको प्रभाव र नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङका कारण कम्पनीको समग्र उत्पादन लागत वृद्धि भएको शिवमको व्यवस्थापन पक्षले विश्लेषण गरेको छ । यसका साथै, विकास निर्माणमा आएको सिथिलता, नेपाल मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मूल्यमा आएको ह्रासलगायत कारणले कम्पनीको नाफा प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।
हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार