महिला विश्वकप : सेमिफाइनल पुगेका चार टिम को कस्ता ?
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार ११:३५:४७
३० साउन, काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ सँस्करण अन्तर्गत आज देखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र स्वीडेनबीच खेल हुँदैछ भोलि दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । सेमिफाइनलमा पुगेका चार टिम को कस्ता छन् ?
स्वीडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको स्वर्णिम पुस्ताका खेलाडी भन्ने गरिन्छ । तर स्वीडेनले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन । दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्वीडेन स्वर्ण पदकको नजिक पुगेको थियो तर फाइनलमा क्यानडासँग पराजित भयो । विश्वकपका भने २००३ मा उपविजेता बन्नु स्वीडेनको ठूलो उपलब्धी हो र तीन पटक तेस्रो स्थानमा विश्वकप सकाएको छ ।
त्यस्तै,२०१९ को उपविजेता नेदरल्याण्ड्सलाई क्वाटरफाइनलको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुग्ने पहिलो टिम हो । विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । त्यसमा पनि स्पेन र स्वीडेन अहिलेसम्म विश्वकपमा भेट भएको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन ।
अस्ट्रेलिया मटिलडासको उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो । ब्रिसवनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो । खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो र यो महिला विश्वकप इतिहासमै सबैभन्दा लामो रह्यो । अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो । फिफा वरियतामा १२औं स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्ने मध्ये सबैभन्दा तल्लो वरियताको टिम हो ।
गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्यान्ड विश्वकप उपाधि थप्ने योजनामा छ । प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ । अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलिया विरुद्धको खेल पनि गुमाउनेछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार