सन्दीप लामिछानेविरुद्ध करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ फेरि सार्ने तयारी
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार ११:४२:३९
३० साउन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सार्ने तयारी गरेको छ । मुद्दाको अन्तिम सुनुवाइका लागि यही साउन ३२ गते बिहीबार पेसी तोक्ने यसअघि नै काठमाडौं जिल्ला अदालतबाट आदेश भइसकेको छ ।
तर सो दिनको पेसी पछि सार्ने तयारी भइरहेको छ । लामिछाने पक्षका वकिलले यस्तो तयारी गरेका हुन् । उनका वकिल सरोजकृष्ण घिमिरे हुन् । यसअघि सुनुवाइका लागि तोकिएको पेसी लामिछाने पक्षबाटै सार्न लगाइएको थियो । ‘बलात्कार’ पीडित नुवाकाेटकी (गौशला २६) को जाहेरीका आधारमा गौशाला प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा जबर्जस्त करणी कसुरमा मुद्दा दर्ता गराएको थियो । जसको अन्तिम फैसला हुन बाँकी छ ।
तर, यसरी अदालतबाट अन्तिम सुनुवाइ हुने मिति आइपुग्न अगावै नेपाल क्रिकेट संघ (क्यान)ले हालै मात्र एसिया कप खेल्ने १७ सदस्यीय टोलीमा सन्दीपको नाम समावेश गरिसकेको छ । अर्काे पेसी एसिया कपपछि सुनुवाइ गर्ने गरी तयारी भइरहेकाे बताइएकाे छ ।
सुरुमा प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेकाे इजलासबाट आदेशबमाेजिम मुद्दा पुर्पक्षका लागि कारागार चलान गरिए पनि उच्च अदालतको आदेशमा लामिछाने कारागारबाहिरै बरेर मुद्दा लडिरहेका हुन् । पीडित नाबालिग रहेको दाबी पीडित पक्षले गरेपनि दुई थरि जन्ममितिका कारण पीडित २० वर्ष पुगेको जिकिर लामिछाने पक्षका वकिलले गर्दै आएका छन् । यसकारण पीडितको उमेर मुख्य बहसको विषय बनिरहेको छ । मुद्दामा लामिछाने दोषी ठहर भएमा सजाय निर्धारण विषय मुख्य बन्न जानेछ ।
यदि तोकिएकै समयमा दुवै पक्षका वकिल बहस गर्न तयार भई सुनुवाइ भएमा त्यसमा सन्दीपले अभियोग दाबीबाट सफाइ पाएको खण्डमा एसिया कप खेल्न जान पाउनेछन् । कारणबस सुनुवाइ सरेको खण्डमा पनि खेल्न जाने बाटो खुला नै हुनेछ ।
सन्दीपविरुद्ध गौशाला २६लाई गत वर्षको भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा राति पुर्याएर बलात्कार र कुटपिट गरेको अभियोग छ । पीडितको जाहेरीका आधारमा उनलाई असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी करिब महिना दिन अनुसन्धानपछि मुद्दा चलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार