सर्वसाधारण लागि खुला गरिँदै खुलामञ्च, सम्याउने काम हुँदै
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १२:८:१
३० साउन, काठमाडौं । काठमाडौंकाे एक मात्र ठूला क्षेत्रफल भएको खुला स्थान खुलामञ्च सर्वसाधारणका लागि खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सोमबारदेखि काठमाडौं महानगरपालिकाले एक्जाभेटरको सहायता यहाँ रहेका गेग्रान र फोहोर हटाउने काम सुरु गरेको छ ।
भूकम्पपछि खुलामञ्चभित्र अस्थायी टहरा बनाएर दरबार हाईस्कूलका विद्यार्थीलाई पढाउने काम भएको थियो । पछि हाईस्कूल निर्माण भएपछि दुई वर्ष पहिल्यै विद्यार्थीहरुलाई स्कूलमा सारिएपनि खुला गरिएको थिएन । बेलाबखत राजनीतिक दलका लागि आमसभा गर्न दिइएको थियो । सभासकेपछि बन्द गरिँदै आएकामा अबदेखि खुला गर्ने भएको हो । विभिन्न सभा, सम्मेलन गर्न समेत खुला रहनेछ । खुलामञ्च मुलुकको परिवर्तनमा आवाज बुलुन्द गर्ने मुख्य थलोको रुपमा चित्रित छ । साथै विपद्का बेला खुला सास फेर्ने स्थान मानिन्छ ।
भूकम्पपछि केही वर्ष खुलामञ्चको एक तिहाई जति क्षेत्रमा पुरानो बसपार्कबाट चल्ने भाडाका सवारीलाई पार्क गर्न दिइएको थियो । पार्क संचालन गर्दा व्यापारीले गिद्धेनजर लगाएकाे पाइएपछि विराेध भएकाे थियाे । त्यसपछि अभियन्ता र सरोकारवालाहरुको विरोध र महानगरको तदारुकतापछि पार्क रद्द गरिएको थियो । डोजरले बसपार्क बनाउँदा गरेको पिच भत्काउन सुरु गरेको छ ।
त्यसपछि पनि सर्वसाधारणका लागि खुला गर्न नमानिरहेको महानगर योपटक खुलामञ्च खुला गर्न तयार भएको हो । यसमा महानगरमा मेयर बालेन्द्र साहले जोडदार अग्रसरता लिएका छन् । उनले खुलामञ्च खोल्ने र व्यवस्थापन गर्ने जिम्मा महानगरका वडा नं. २७ र २८ लाई दिएका छन् । चौरमा दुबो, फूलका बिरुवा रोप्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार