एलओडी क्लबमा राजश्वको छापा, उपस्थितिका लागि संचालकलाई पत्र
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १२:३४:४०
३० साउन, काठमाडौं । ठमेलको लर्ड अफ् द ड्रिङ्क्स (एलअोडी) नाइट क्लबमाथि राजश्व अनुसन्धानले छानबिन सुरू गरेकाे छ । अनुसन्धानका लागि क्लबको बैक खाता रोक्का गरिएको छ ।
कर छली गरेको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले गएको शुक्रबार र शनिबार २ दिन छापा मारेको थियो । क्लबमा प्रवेश गर्नेहरूसँग उठाएको रकमभन्दा न्यून मात्रामा रकम देखाएर कम राजश्व बुझाएको पाइएको विभागले जनाएको छ । विभागले क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको बताइएको छ ।
क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाल रहेका छन् । उनीहरूलाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरिएको छ ।
यसअघि उमेर नपुगेका नाबालिगलाई क्लब प्रवेश दिएको आरोपमा पनि प्रहरीले सञ्चालकहरुमाथि अनुसन्धान गरेको थियो । क्लबमा अनधिकृत रुपमा प्रवेश दिएको विषय क्लबबाट रातको समयमा एक पुरुषले घुम्न लगेकी एक नाबालिकालाई ललितपुर पुर्याएर बलात्कार गरेको घटना बाहिरिएको थियो । बलात्कार घटनामा एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार