कर छलीको दायरामा ठमेलको एलओडी नाइट क्लब, सबै कारोबार खाता विभागको नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १३:२३:४४
३० साउन, काठमाडौं । कर छलीको दायरामा ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब तानिएको छ । नेपालकै ठूलो नाइट क्लब एलओडीमा राजश्व अनुसन्धान विभागकाे टाेलीले कर छली गरेको आशंकामा शनिबार बिहान छापा मारेको थियो ।
विभागले आर्थिक कारोबार सम्बन्धीका सबै खातापाता विवरण नियन्त्रणमा लिँदै एलओडी माथि छानबिन सुरु गरेको छ । विभागले एलओडीको सिस्टममा रहेका डाटाहरू कपी गरेर लगेको बताइएको छ
ग्राहकसँग दैनिक रुपमा मोटो रकम लिदै लाखौं रूपैयाँको कारोबार गर्दा समेत कानुन अनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको उजुरीका आधारमा एलओडीबाट आवश्यक कागजात नियन्त्रणमा लिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार ठूलो कर छलीको सूचना पछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिइएको छ । यस्तै विभागले एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको जनाएको छ ।
एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रदील श्रेष्ठ हुन् । उनीहरू दुई जनाको एलओडीमा कानुनी रुपमा करिब ६० प्रतिशतको स्वामित्व छ । नाबालिगलाई क्लबमा प्रवेश अनुमति दिएको आरोपमा गत असार २१ गते एलओडीका सञ्चालक पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएपछि हाल उनीहरू तारिखमा छन् । एलओडी विश्वका चर्चित क्लबमध्ये ४९ औं नम्बरमा पर्ने सञ्चालकहरुको दाबी छ ।
सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको यो क्लबमा १८ सयदेखि दुई हजार जना अटाउने क्षमता रहेको छ । क्लबमा बाउन्सरदेखि वेटरसम्म गरी डेढ सयभन्दा बढी कर्मचारी कार्यरत छन्। ठमेलमा २६ आना जग्गा लिजमा लिएर सुरु यो क्लब ९६०० वर्गफिट फ्लोर स्पेस रहेको छ। क्लबमा १६ करोड रुपैयाँ हाराहारी लगानी भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार