अधिकारकर्मीमाथि कुटपिट घटनाप्रति मानवअधिकार आयोगकाे चासाे
दाेषीलाई कानुनी दायरामा ल्याउन सरकारकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १३:४८:४८
३० साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार र कुटपिट गर्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । मानवधिकार र संचारकर्मीहरुको सुरक्षामा विशेष ध्यान दिन समेत माग गरिएको छ ।
मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई साेमबार जिल्ला प्रहरी कार्यालय सप्तरीकाे परिसरमा सेवाग्राहीको काम विशेषले गएको समयमा उक्त कार्यालयमा कार्यरत प्रहरीले बिना कारण नियन्त्रणमा लिएर दुर्व्यवहार र कुटपिट गरेको थियो ।
घटनाबारे आयोगको मधेश प्रदेश आयोगले पीडितको उजुरी लिएर अनुसन्धान गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार