एक क्वीन्टल भनिएको बरामद सुन गालेर तौलदा ६० किलो ७१६ ग्राम निस्कियो, गुणस्तर पहिचान हुन बाँकी
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १४:५५:४९
३० साउन, काठमाडौं । साउन २ मा त्रिभुवन अन्तर्राष्टिन्य विमानस्थलबाट मोटरसाइकलको ब्रेकशुमा राखेर भन्सार छली छिराइएको क्वीन्टल (सय केजी) भनिएको सुनको तौल ६० केजी ७ सय १६ ग्राम ठहर भएकाे छ ।
बरामद ब्रेकशुलाई आज राष्ट्र बैंकको टक्सार महाशाखाले पगालेर सुन निकालेकाे हाे । सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा मंगलबार सुन पगालेर जाेख्दा याे परिमाणमा सुन ठहर भएकाे महाशाखाले जनाएकाे छ ।
यसमा कति परिमाण कुन गुणस्तरकाे सुन निस्कन्छ भन्ने कुरा थप जाँचेपछि मात्र थाहा हुने जानकारी महाशाखाले दिएकाे छ । पगालेपछि छुटिएको सुनलाई बिस्कुट आकारमा तयार पारिएको छ ।
यही सुन प्रकरणमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिहरेको छ । सुन तस्करीका कारण राजनीति समेत तरंगित हुन पुगेको छ । यही प्रकरणको अनुसन्धानले मात्र नहुने भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक साउन १० गतेदेखि अवरुद्ध पार्दै आइरहेको छ ।
सरकारले प्रकरणमाथि प्रहरीले अनुसन्धान गरिरहेको र यो बेला बाहिरबाट छुट्टै समिति गठन गर्दा अनुसन्धान नै प्रभावित हुने भन्दै समिति गठन गर्न अस्वीकार गर्दै आइरहेको छ ।
भन्सार छलेर विमानस्थलबाट बाहिर ल्याएको तस्करीका सुनलाई भन्सार विभागले सिनामंगलस्थित एक घरबाट नियन्त्रणमा लिएको थियो । तस्करी प्रकरणमा विभागले करिब हप्ता छानबिनपछि बरामद सुन र पक्राउ परेका आरोपीमाथि थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो । प्रकरणमा हालसम्म चिनियाँ नागरिकसहित १८ जना पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
रौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार