नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर भारतले उपनिवेशलाई निरन्तरता दियोः ग्रेटर नेपाल
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १६:४१:३६
३० साउन, काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमिमा भारत स्वतन्त्रता दिवस मनाएर उपनिवेशलाई निरन्तरता दिएको बताएको छ । भारतले ७७ औं स्वतन्त्रता दिवस मनाइरहेको परिपक्षेमा सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरुलाई स्मरणपत्र पठाएको छ ।
भारतको स्वतन्त्रताको ७६ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको थियो । ग्रेटर नेपालले भनेको छ, तपाई माननीय मुख्य मन्त्रीहरूलाई स्मरण गराउन चाहन्छ, १९५० जुलाई ३१ मा भएको नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरी नेपालको वासतविक सिमाना टिस्टा–सतलज–गङ्गा कायम गरिसकेको छ र ती नेपाली भूभागमा तपाइहरूको शासन–प्रशासन इन्डियाको संविधान अनुसार पनि पूर्णतः असंवैधानिक हो ।
१. छिमेकी देश भएको नाताले इन्डियाको गणतन्त्र दिवसमा खुलेर बधाई दिन नसक्नुको कारण इन्डिया नै हो भन्नुपर्दा हामी नेपालीले त्यति सङ्कोच मान्नुपर्दैन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसै पृष्ठभूमिमा इन्डियाका उल्लिखित राज्यका माननीय मुख्य मन्त्रीहरूसमक्ष सन् १९४७ अगस्त १५ मा इन्डियाले स्वराज प्राप्त गर्दा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको तथ्य प्रस्तुत गर्दै इन्डियाको उक्त क्रियाकलापले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको खिल्ली उडाएको दृश्य देखाउन चाहन्छ ।
२. नेपाल अधिराज्य स्वतन्त्र मुलुकका रूपमा विद्यमान छँदाछँदै हाल सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशभित्र अवस्थित नेपाली भूमि १९४७ अगस्त १५ मा इन्डियामा पार्नु ठूलो अन्याय हो र नेपालीहरू यो अन्यायको अन्त्यको प्रतीक्षामा छन् ।
३. आफ्नो भूमिमा स्वतन्त्रता दिवस मनाउनु रोमाञ्चक
कुरा हो तर उपनिवेशमा राखिएको भूमिमा स्वतन्त्रता दिवस मनाउनु स्वतन्त्रता शब्दकै अपमान हो । नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले उपनिवेशलाई निरन्तरता मात्र दिएको होइन , सबै खाले उपनिवेशको अन्त्य हुनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको घोषणालाई पनि लत्याइरहेको छ । तपाईँहरू मुख्य मन्त्री रहेका ती–ती राज्यमा गाभिएको नेपाली भूमिमा इन्डियाको झन्डोत्तोलन गर्नु सरासर गलत र अवैध काम हो ।
इन्डियाको संविधानको धारा १.३(ग) अनुसार इन्डियामा नगाभिएको नेपालको टिस्टादेखि सतलजसम्म र दक्षिणतर्फ गङ्गाको उत्तरी मैदानसम्मको भूमिमा गणतन्त्र दिवस मनाएर तपाईँहरूले नेपाली जनमानसमा जुन आतङ्क फैलाउनुभएको छ, त्यो सर्वथा निन्दनीय छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँ माननीय मुख्य मन्त्रीहरूलाई स्मरण गराउन चाहन्छ, १९५० जुलाई ३१ मा भएको नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरी नेपालको वासतविक सिमाना टिस्टा–सतलज–गङ्गा कायम गरिसकेको छ र ती नेपाली भूभागमा तपाईँहरूको शासन–प्रशासन इन्डियाको संविधान अनुसार पनि पूर्णतः असंवैधानिक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार