प्रदेशसभा बैठकमा पनि एमालेको अवरोध, कर्णालीमा अर्को बैठक साउन ३२ गते
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १६:४६:३
३० साउन, काठमाडौं । प्रदेशमा पनि प्रमुख प्रतिपक्षको कुर्सीमा रहेको नेकपा (एमाले)ले कर्णालीसभाको आजको बैठक अवरुद्ध गरेको छ । नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीका बासिन्दालाई समस्यामा पारेको भन्दै निर्णय सच्याउन प्रदेश सरकारले बेवास्ता गरेको बैठक चल्न नदिएको हो ।
बैठकको सुरुमै एमाले प्रमुख सचेतक टेकराज पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीका जनताले थप दुःख झेल्नु परिरहेको बताए । दिउँसो १२ बजेपछि उडान नगर्ने प्राधिकरणको निर्णय सच्याउने पहल गर्न उनले प्रदेश सरकारको ध्यानाकषर्ण गराए । उडानको समय तोकिँदा बिरामीले विकट क्षेत्रका बिरामीले उपचार नपाएर ज्यान गुमाउन विवश भएको उनको भनाइ थियो ।
वर्षा याममा मौसम प्रतिकूल हुने भन्दै नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि ग्रामिण क्षेत्रका विमानस्थलमा जहाज सञ्चालन नगर्ने निर्णय गरेको छ । बैठक चल्न नदिएपछि सभामुख नन्दा गुरुङले साउन ३२ गतेसम्मका लागि स्थगित गरेकी छन् ।
एमालेले संघीय सरकारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक पनि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० देखि अवरुद्ध पार्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार