राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीको भेट
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १६:४८:५९
३० साउन, काठमाडौं । थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा मंगलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपालीमूलका नेपाली भाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मुलका नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन बताए ।
थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउनसमेत थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ ।
गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिषा र अन्य सुविधाबाट वञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । थाइल्याण्डमा झन्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार