मध्यरातमा सीआईबीसँग माधव नेपालले भने, ‘मैले बिराएको छैन, अपराध गरेको छैन, लेनदेन गरेको छैन’
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १७:२८:१०
३० साउन, काठमाडौं । ललितानिवास जग्गा अनियमिततामा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यसमा नाम मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सोमबार राती बयान लिएको छ । सीआईबीले मुद्दाको अनुसन्धानका लागि बोलाएपछि सोमबार बेलुका नेता नेपाल सीआईबीसमक्ष पुगेका थिए ।
उनी बयान सकाएर मध्य राति निवास फर्किएको सीआईबीले जनाएको छ । सीआईबीले बयानमा बोलाएपछि उनी युरोप भ्रमणबाट सोमबार बिहानै स्वदेश फर्किएका थिए । ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर सट्टाभर्ना गर्ने निर्णय तत्कालीन प्रधानमन्त्री नेपालको पालामा भएको थियो । उक्त प्रकरणमा सयौं रोपनी जग्गा हिनामिना भएको अख्तियारको ठहर छ ।
पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पनि बोलाएर बयान लिन सीआईबीलाई सर्वोच्चले आदेश दिएको थियो । बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको उनले बयानका क्रममा बताएका छन् । उनले बयानमा आफूले कुनै अपराध नगरेको, कसैसँग लेनदेन नगरेको बताएका थिए ।
ललितानिवास जग्गा प्रकरणमा २०६६ र २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले केही विवादास्पद निर्णय गरेको थियो । २०६९ सालमा डा. बाबुराम भट्टराईको सरकारले सरकारी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजाने निर्णय गरेको थियो ।
नेता नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार सम्बन्धमा मन्त्रिपरिषदबाट पटक–पटक निर्णय भएका थिए । तीनै निर्णयका आधारमा सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो । तिनै मन्त्रिपरिषदका निर्णयमा आधारित भई सीआईबीले उनीसँग बयान लिएको हो । नेता नेपालसँग एक चरणमा बयान सकिएको र आवश्यक परे थप बयान लिइने सिआइबीका एक उच्च अधिकारीले बताए ।
गत २१ साउनमा सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी नीतिगत निर्णयमा संलग्न पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो । सोही आदेश कार्यान्वयन गर्ने क्रममा नेता नेपालसँग पनि बयान लिइएको सीआईबीको भनाइ छ । बयान लिए पनि मुद्दा चल्ने–नचल्ने प्रस्ट भएको छैन । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि बयानमा बोलाएको छ । उनी मंगलबार राती बयानका लागि जाने बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार