बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्दार कार्य निरन्तर : नेपाली सेना
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १७:४२:४९
३० साउन, काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरूमा नेपाली सेनाले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न स्थानमा परिचालित फौजले देशका विभिन्न ठाउँमा गएको बाढी तथा पहिरोबाट प्रभावितकाे उद्धार तथा राहतको काम भइरहेको जानकारी दिएको छ ।
मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार ईलाका जलमग्न÷लेदोयुक्त भएको हुँदा स्थानीयवासी र आवश्यक सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।
‘पुलहरु बगाएका स्थानमा काठको अस्थायी पुल निर्माण गरी स्थानीयहरुलाई सहजीकरण गरिनुका साथै पीडित स्थानीयवासीहरुलाई खाद्यान्न तथा बन्दो वस्तीको लागि आवश्यक समन्वय तथा व्यवस्थापन गरिएको छ ।’ सैनिक जनसम्पर्क सूचना निर्देशनालयले भनेको छ ।
यस्तै, २८ गते गएको पहिरोमा परि बेपत्ता भएका दोलखा जिल्ला, विगु गाउँपालिका–७, तिनपानेका एकजना स्थानीयवासीको शव दुई वटा ढुङ्गाको बीचमा चेपिएर रहेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।
म्याग्दी जिल्ला, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमानामा पर्ने बेनी–दरवाङ्ग सडक खण्डमा पहिरो गई सडक अवरुद्ध भएको हुँदा अन्य निकायहरुसंग समन्वय गरी पहिरो गएको स्थानमा ग्याविन जालीमा ढुङ्गा भरी तटबन्ध निर्माण गरिएको छ । त्यसैगरि, सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा पानीको सतह बढ्न गई स्थानीय थामे गाउँमा क्षति पुग्न सक्ने भएको हुँदा स्थानीयवासीको सहयोगमा बाँध निर्माण गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती टोलमा मेलम्ची खोलामा आएको बाढीका कारण जोखिममा रहेका ६ वटा घरहरुबाट स्थानीयवासी लगायत सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाँके जिल्ला, बैजनाथ गाउँपालिका–१, नाङढुंगामा कोहलपुरबाट सुर्खेत जाँदै गरेको भे.१.ज. १०५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका यात्रुहरुलाई उद्धार गरी उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ । बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरूमा उद्धार कार्यहरु जारी रहेको छ भने आकस्मिक विपद्को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार