पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि सीआईबीले छिट्टै छानबिन गर्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १७:४३:२६
३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि छिट्टै सीआइबीबाट छानबिन हुने बताएका छन् ।
मंगलबार बालुवाटारमा संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष महरा कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि छानबिन थालिने जानकारी दिएका हुन् । प्रधानमन्त्री भेट्न पत्रकारको एक टोली बालुवाटार पुगेको थियो । सोही अवसरमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि पनि सीआईबीले चाँडै छानविन गर्ने बताएका हुन् ।
विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ९ किलोग्राम सुन तस्करी भएको भनिएको काण्डमा महरा र पुत्र राहुलको नाम मुछिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठकमा नै मुद्दा बनाइरहेको छ । भेप प्रकरणमा अन्यलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान जारी राखिएपनि महराका बाबु–छोरालाई सरकारले जोगाएको एमालेको आरोप छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउने अभिव्यक्ति सार्वजनिक रुपमा दिइरहे पनि बाबु–छोरा खुला नै छन् । यसबाट सरकारको चर्को आलोचना भइरहेको छ । भेप प्रकरणमा मुख्य तस्कर चिनियाँ नागरिकसँग बाबु–छोराले दर्जनौं पटक फोनमा कुराकानी गरेको तथ्यसहित सीआईबीले तयार पारेको रिपाेर्टमा समेटिएकाे छ ।
भेटमा सरकार भ्रष्टाचारी, तस्कर र बिचौलिया हटाएर सुशासन कायम गराउने अभियानमा लागेको र यसमा साथ दिन संचारकर्मीहरुसँग आग्रह गरेका थिए ।
हाल सीआईबीले सय केजी सुन प्रकरणमाथि अनुसन्धान गरिरहेको छ । सुरुमा भन्सार विभागले छानबिन गरेपनि प्रधानमन्त्रीकै निर्देशनमा अन्तिम टुंगो लगाउन भन्सारले सीआईबीलाई जिम्मा दिएको हो ।
उपाध्यक्ष महरा यसअघि संसदको एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको अभियोगमा लामो समय हिरासतमा बसेर छुटेका थिए । त्यसपछि राजनीतिक रुपमा निष्क्रिय रहँदै आएका उनलाई प्रचण्डले नै पुनः ‘फिल्ड’मा ल्याएका हुन् । उनलाई पार्टीमा उपाध्यक्ष बनाइएको छ । बिचमा उनलाई पार्टी प्रवक्ताको समेत जिम्मेवारी दिएकामा त्यहाँबाट हटाएर अहिले प्रवक्ताको जिम्मा अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार