१७९ जना यात्रु बोकेको एयर इन्डियाको विमानको ब्रेकमा समस्या आएपछि रनवेबाट पार्किङस्थलमा फर्काइयो
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १७:४४:३७
३० साउन, काठमाडौं । उडान भर्न लागेको एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलमै रोकिएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ट्याक्सी वे बाट रन वेमा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।
उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं–दिल्लीको उडान थियो । उडान समय ४ बजेर १० मिनेटको थियो । जहाज उडानको लागि तयार भएर रन वेमा प्रवेश गर्ना साथ ब्रेकमा समस्या आयो । त्यसपछि जहाजलाई रन वेबाट नै पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
जहाज टयाक्सी वेबाट रन वे प्रवेश गर्नको लागि घुम्ने क्रममा थियो । त्यस बेला ब्रेकमा समस्या आएपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याइएको हो । उक्त जहाजमा १७९ जना यात्रु थिए । रन वेमै जहाजमा समस्या आएपछि अन्य उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
मंसिर २५, २०८१ मंगलबार
हेटौंडास्थित विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट कर्मचारीले ७ करोडका सामान गायब बनाए
मंसिर २०, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार