‘खोटाङ प्रतिभा २०८०’ को बिजेता बने गायनमा आश्विन राई र नृत्यमा कविता श्रेष्ठ
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार ८:५६:३
३१ साउन, काठमाडौं । ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजेता भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत 'युके'को सह–आयोजनामा सोमबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौजना प्रतिस्पर्धालाई पछि पार्दै गायनतर्फ आश्विन र नृत्यतर्फ कविता ‘खोटाङ प्रतिभा–२०८०’ बनेका हुन् ।
त्यस्तै प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । यस्तै नृत्यतर्फ बराहापोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएका छन् ।
खोटाङको पालिका र गाउँपालिकामाथि लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख दुई हजार रूपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै बिजेता दुई प्रतिभालाई बेलायतमा हुने कार्यक्रममा लगिने पनि आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुप कुमार राईले जानकारी दिए ।
त्यस्तै द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद एक लाख एक हजार र ५१ हजार रूपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसँगै गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिइनेछ । त्यस्तै प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।
‘खोटाङ प्रतिभा–२०८०’को फाइनल प्रतियोगिताको निर्णायकहरू खोटाङ जिल्ला बाहिरका सृष्ठाहरु राखिएको थियो । गायक तर्फका निर्णायकहरुमा क्रमश, वरिष्ठ गायक, संगीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई, वरिष्ठ गायिका कुन्ति मोक्त्तान र वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी रहेका थिए । त्यस्तै नृत्यतर्फ क्रमश वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक महेश गदार र वरिष्ठ नृत्य निर्देशक रोहिया मर्हजन रहेका थिए ।
‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए । कार्यक्रममा खोटाङ जिल्लाका माननीय साथै पुर्व मन्त्रीहरू र विभिन्न पेसा व्यवसायमा आबद्ध प्रतिष्ठित व्यक्तित्व सहभागी रहेका थिए । खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए ।
जिल्लाको प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो । पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०–३० प्रतिभा छनोट गरिए पनि काठमाडौंमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जानकारी दिए । खोटाङ घर भइ काठमाडौंलाई कार्यक्षेत्र बनाएर गीत–सङ्गीतलाई आफ्नो पेसाका रूपमा अँगालेका खोटाङ्गे कलाकारहरूले विसं २०७७ मा खोटाङ कलाकार समाज’ गठन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार