अंहमको शिकारमा संसदः मुख्य तस्कर समाउने कि अल्मलाउन हो संसदको अवरोध ?
भेषराज पोखरेल
साउन ३१, २०८० बुधबार ९:२२:११
अहिले देशभर भारी वर्षा भइरहेको छ । यही अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको प्रकोप बढिरहेको छ । यही बाढी र पहिरोका कारण जनता गम्भीर रुपमा प्रभावित भइरहेका छन् । ठूलो जनधनको क्षति भइरहेको छ । देशका विभिन्न क्षेत्रमा भौतिक संरचनामा ठूलो क्षति पुग्न गएको छ । यस्तो अवस्थामा सत्ता पक्ष र प्रतिपक्षको अंहमका कारण जनताको संसद अवरुद्ध छ । पशुहरूमा लाग्ने छालासम्बन्धी रोग लम्पीस्किनको महामारी फैलियो, अझै पनि त्यसको असर बाँकी नै छ ।
यही वर्षा र त्यसबाट उत्पन्न बाढी र पहिरोको प्रकोप चलिरहँदा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा खाद्यान्नको अभाव चर्किएको छ । डेंगुको प्रकोप फैलिँदो छ । विपदको यस्तो अवस्थामा जनताका समस्या राज्यलाई सुनाउने थलो संघीय संसद प्रतिनिधिसभा लामो समयदेखि अवरुद्ध छ । जनताले आफूले चुनेर पठाएका सांसहदरुले राज्य समक्ष आफ्ना आवाज राखिदेलान् भन्ने आशा र भरोसा गरेकोमा संसद नै अवरुद्ध भएपछि कहाँ राख्ने ? जनताका दुःख कहाँ सुनाउने ? प्रतिपक्ष र सत्तापक्षको अंहम तथा भ्रष्टाचार र अन्य समस्यामा गम्भीर नहुँदा प्रतिनिधिसभा अझ कति दिन अवरुद्ध हुने हो भन्न सकिने अवस्था छैन ।
सरकारले सुशासन कायम गरेको, जनताका पक्षमा काम गरेको बताए पनि पशुमा लागेको लम्पीस्किन रोग महामारीका रुपमा फैलिँदासमेत सुस्त गतिमा मात्र खोप लगाउन सुरु गर्यो । सरकारले प्राकृतिक जोखिम पूर्व तयारी गरिरहेको बताए पनि बाढी, पहिरो तथा डुबानबाट ठूलो धनजनको क्षति हुँदासम्म कुशलतापूर्वक कामलाई अगाडि बढाएको देखिन्न । अर्को, कर्णाली प्रदेशका विकट हुम्ला, कालीकोटजस्ता जिल्लामा सरकारले राखेका खाद्य गोदाम खाली भएका छन् । जनताले खाद्यान्नको जोहो गर्न सक्ने अवस्था छैन ।
बाढी पहिरोका कारण सडक अवरुद्ध भएकाले आवतजावत कठिन भएको छ । संसद सुचारु भएदेखि त्यहाँको समस्या सांसदहरुले संसदमा उठाउँथे, बहस हुन्थ्यो, सरकारले के गरिरहेको छ र के गरेर समस्याको समाधान गर्छ भन्ने कुराको जवाफ दिन्थ्यो । बाढी, पहिरो तथा डुबानबाट भएको क्षति कस्तो छ ? सरकारले के गरिरहेको छ र अब के गर्दैछ भन्ने कुरा संसदमा राख्न बाध्य हुन्थ्यो । संसद अवरुद्ध हुँदा यी सबै समस्या ओझेलमा परे, बेवास्तामा पर्न गए । जनताका दुःखमा सरकारले केही काम त गर्ला तर त्यो त्यही सुस्त गतिको हुने निश्चित छ । अर्को, अहिले अगाडि आएका नक्कली भूटानी प्रकरण, बालुवाटार जग्गा प्रकरण, सय किलो सुन तस्करी तथा अन्य सुन तस्करीका काण्डका विषयमा पनि संसदमा दह्रो आवाज उठ्थ्यो । सरकारले के गर्दै छ, सरकारी निकायले के गरिरहेको छ भन्ने कुरा संसदलाई जानकारी गराइरहन बाध्य हुन्थ्यो तर संसद नै अवरुद्ध भएपछि यी कुरामाथि छलफल हुने कुरा भएन । यो ठूलो विडम्बनाको कुरा हो ।
प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन काण्डमा सरकारकै संलग्नता छ तसर्थ प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) को छानबिनले पुग्दैन उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भन्ने माग गरिरहेको छ । सो उच्चस्तरीय आयोग गठन नभएसम्म संसद चल्न नदिने बताएको छ । सरकार र सरकारमा संलग्न गठबन्धनका दलहरूले सीआईबीले जाँच गरिरहेको सुन काण्डलाई फेरि उच्चस्तरीय आयोग गठन गरेर अल्मलाउन हुँदैन भन्दै आएका छन् । दुवै तर्फका अडानका कारण संसद खुलेर जनताका अन्य समस्यामा बहस, छलफल हुने अवस्था नै अवरुद्ध बन्न पुगेको छ ।
नेपालमा सुन तस्करी कति हो कति भएका छन्, अब पनि त्यत्तिकै रोकिने अवस्था छैन । पूरै राजनीति नै दलाल र तस्करसँग सरावरसँग घुलमिल भएर नचिनिने भएपछि कुनै पनि भ्रष्टाचार वा तस्करीका घटनाको छानविन भएर मुख्य दोषीले सजाय पाउन कठिन छ । ओली सरकारका बेला ३३ किलो सुन काण्ड अगाडि आयो, मुख्य अपराधी पत्ता लगाइएन, केही समय अगाडि विद्युतीय चुरोटमा सुन ल्याएको काण्ड त्यत्तिकै सेलाउने प्रयास हुँदैछ । अहिलेको काण्ड पनि केही कर्मचारी र भरिया समाएर टुंगिने हो कि भन्ने आशंका बढेको छ । सुन समाएको यत्रो दिन बित्दासमेत मुख्य तस्कर नजिक अनुसन्धान पुगेको छैन ।
सुन काण्डलाई टुंगोमा पुर्याएर मुख्य अपराधीसम्म पुग्ने उद्देश्य प्रतिपक्षी दल एमालेको पनि होइन । सुन समाइँदा विदेशमा रहेका अध्यक्ष केपी ओली नेपाल आउँदा दिएको अभिव्यक्तिलाई हेर्दा पनि स्पष्ट हुन्छ । एमालेकै सरकार हुँदा भएका तस्करीका कारबाहीलाई हेर्दा पनि स्पष्ट हुन्छ । यो काण्डलाई पनि अंहम साधेर अल्मल्याउन चाहेको नै देखिन्छ । दह्रो प्रतिबद्धता र अंहमविहीन इमान्दारिता भए सीआईबीले गरिरहेको अनुसन्धान कस्तो चलिरहेको छ ? कसरी जान्छ ? हर समय हेर्ने र संसदमा दह्रो आवाज उठाएर सरकारलाई खबरदारी गरे पनि प्रभावकारी हुन सक्छ ।
अर्को, सरकार तथा गठबन्धनका दलहरू पनि अंहम छाडेर इमानदार भई मुख्य अभियुक्तसम्म पुग्न चाहेका हुन् भने प्रतिपक्षले आवाज उठाएपछि उच्चस्तरीय छानबिन आयोग बनाउन किन आनाकानी गर्नुपर्यो ? सरकारले सीआईबीलाई अनुसन्धान गराउँदै उच्चस्तरीय आयोग बनाएर छानबिन पनि त गराउन सक्छ । सीआईबी त सरकारी निकाय हो, उसले भ्रष्टाचार तथा अनियमितता छानबिन गर्ने त उसको दायित्व नै हो, सधैं लागिरहने हो नि ।
नक्कली भूटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा प्रकरणमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष तीन नेताको बैठक बसेर कमजोर पारिएकै छ । अहिलेसम्म मुख्य अभियुक्त न्यायको कठघरामा उभिएका छैनन् । पहिले ओली नेतृत्वको सरकारको समयमा भएका घोटालामा पनि कांग्रेस दह्रोसँग उभिन्थ्यो भने मुख्य दोषी राजनीतिमा हावी हुने थिएनन् । बालुवाटार काण्ड तथा नक्कली भूटानी शरणार्थी काण्डमा एमालेका अध्यक्ष वरिपरिका परिवारसहित नेता, कांग्रेस सभापति वरिपरिका परिवारसहित नेता, सुनकाण्डमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री वरिपरिका परिवारसहित नेता सकेसम्म जोगाउन प्रयास भइरहेका छन् । यो अवस्थामा कांग्रेसका संस्थापनइतरका नेताहरूले दह्रो भूमिका निभाउन सक्नुपर्छ ।
एमालेका पनि ओली प्रवृत्तिविरुद्ध आवाज उठाउन सक्ने नेताहरू अगाडि आउन सक्नुपर्छ भने माओवादीमा पनि अध्यक्षको कमजोरी तथा गलत प्रवृत्तिका विरुद्ध बोल्न सक्ने र अहिलेको दलाल राजनीतिक प्रवृत्तिविरुद्ध निरन्तर लागिरहन सक्ने नेता अगाडि आउन सके परिवर्तन सम्भव छ । नभए केही अंहमका लागि काम गर्ने, केही तँ रोएजस्तो गर म पिटेजस्तो गर्छु भन्ने सत्ताधारी तथा सत्ताको वरिपरि रहने यी तीन दलका शीर्ष नेताले यस्ता काण्ड जति अगाडि आए पनि टुंगामा पुर्याउन दिने छैनन्, जनताको हितको त के कुरा भयो र ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को
कात्तिक १६, २०८१ शुक्रबार
सहकारी ठगी र राजनीतिक खिचातानीबीच तिहार गरीबको झुपडीसम्म पुग्दैछ
कात्तिक १३, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार