आँखा पाक्ने समस्या बढेपछी बेँसीशहरका विद्यालय बन्द
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १०:४५:३
३१ साउन, लमजुङ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ ।
बेँसीशहर नगरपालिकाको बेंसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजी तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो ।
आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेंसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सूचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन् । सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवसिय उच्च मावि सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । अधिकांश विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेँसीशहर नगरपालिकाले जनाएको छ ।
जिल्ला भरिनै समस्या बढेपनि बेँसीशहर नगरपालिकाले अगावै गर्नुपर्ने निर्णय ढिला गरेको अभिवाकको गुनासो छ । नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासन जनाएको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमणले लमजुङका बालक देखि बृद्धसम्ममा फैलिइरहेको छ । विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ ।
आँसुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरूको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरूले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरूको भनाइ छ ।
भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार