प्रधानमन्त्रीसहित रक्षामन्त्री र सेनापतिसँग भेटवार्ता गर्न चीनको उच्च सैनिक टोली आज नेपाल आउँदै
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार ११:१९:३३
३१ साउन, काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एनदे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।
यो टोलीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एनदे नेतृत्वको टोली काठमाडौँ आएपछि यो भेटघाट राखिएको छ ।
चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । भेटमा दुई देश बीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेपालसँग सीमा जोडिएको तिब्बत मामिला हेर्ने उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो । टोलीले नेपाली सेनाको शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार