गायक अरिजीत सिंह आफ्नो लाइभ प्रस्तुति दिन पहिलो पटक नेपाल आउँदै
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १२:११:२७
३१ साउन, काठमाडौं । विश्व प्रख्यात भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउँदै । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल”, नोभेम्बर २५ (मंसिर ९ गते) शनिबार हायात ग्राउन्ड, चावहिलमा आयोजना हुने तय भएको छ।
आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी अरिजीत सिंह नेपाली श्रोताहरूमाझ पनि निकै रुचाइएका गायकमा पर्दछन् । भारतीय पार्श्व गायकका रुपमा परिचित अरिजीत सिंह “तुम हि हो”, “केसरिया तेरा”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।
ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सन द्वारा आयोजित यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठूलो योगदान गर्ने विश्वास रहेको आयोजकको बुझाइ छ । विगतका दिनहरूमा पनि यस्तै थुप्रै कार्यक्रम हरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्याउनुका लागि मद्दत गर्ने आयोजकको भनाई छ।
“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य रु. ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरु टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ले जनाएका छन् । अगस्त १५ (श्रावण ३०) बाट बिक्री खुल्ला हुने सो टिकट खल्ती डिजिटल वालेट बाट मात्रै खरिद गर्न सकिने छ।
नेपालमा विगत लामो समयदेखि विभिन्न कलाकार, सर्जक, गायक तथा सङ्गीतकारहरू लाई एउटै छाता मार्फत व्यवस्थापन, संगीत सिर्जना, वितरण तथा कन्सर्टहरु आयोजना गर्दै आएको ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनले नेपालमा यस क्षेत्रको विकासका लागि थप योगदान पुर्याउने हेतुले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
अर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक
मंसिर ३०, २०८१ आइतबार