स्पेन पुग्यो विश्वकप फाइनलमा, आज अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदै
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १२:५०:५१
३१ साउन, काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनलमा स्पेन प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोल अन्तररले हराउँदै विश्वकपको फाइनलमा स्थान बनायो ।
यो सँगै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट अन्तिम नौ मिनेटमा तीन गोल बनाउन सम्भव भएको थियो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्दा नतिजा स्पेनको पक्षमा भयो ।
स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गर्दा ८१ औँ मिनेटमा पारालुयलोले गोल फर्काउँदै स्पेनलाइ अग्रता दिलाइन् । तर, खेलको ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा पु¥याउँदा ९०औँ मिनेटमा कार्मोनाले गरेको गोलले नै स्पेनको फाइनल प्रवेशको यात्रा पक्का ग¥यो ।
यसैबीच सेमिफाइनलको अर्को खेलमा आज आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । अब फाइनलमा स्पेनले आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेता टोलीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार