राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, जाँचबुझ आयोग गठन भए संसद सुचारु हुने जानकारी
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १४:१७:५४
३१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच बुधबार शीतलनिवासमा भेटवार्ता भएको छ । राष्ट्रपतिसँगको भेटमा संसद अवरोधलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा राष्ट्रपति पौडेलले संसद अवरुद्धप्रति चिन्ता व्यक्त गरेका थिए । उनले सबै दल मिलेर संसदलाई सुचारु गर्नुपर्ने बताएका थिए ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरूबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । पौडेलले प्रधानमन्त्री प्रचण्डसँग २५ साउनमा भेट गरेका थिए ।
राष्ट्रपतिसँगको भेट ओलीले सरकार सुन तस्करी प्रकरणलाई ओझेलमा पार्ने प्रयास गरिरहेको बताएका थिए । उनले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन नमानेकोले सुन तस्करीमा सरकारको पनि संलग्नता रहेको आशंका बढेको बताएका थिए । उनले सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरको आयोग नबनाएर सरकारले नै संसद अवरुद्ध गराइरहेको ओलीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार