दक्षिण एसियाली तेक्वाण्डो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १४:४६:४
♦ इन्दीप कोइराला
३१ साउन, बारा । बारा जिल्लाको निजगढ निवासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।
अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समूहमा स्वर्ण पदक पाएकी हुन ।
अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक कास्य पदक हासिल गरेकी छिन् । प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो ।
निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरत छिन् । सापकोटाले बाग्देव तेक्वान्दो डोजाङबाट तेक्वाण्डो खेल सुरु गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार