कांग्रेस नेता भण्डारीको कीर्तिपुरस्थित बर्न सेन्टरमा शल्यक्रिया हुँदै
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १५:५२:५
३१ साउन, काठमाडौँ । गत फागुन ३ मा बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भइ सल्किएको आगोमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिँदैछ । उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको हो ।
दुघैटना परेलगत्तै सोही अस्पतालमा उपचार गरिएका उनको त्यसपछि भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा लामो समय बसेर उपचार गराइएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि करिब दुई महिना अघिमात्र नेपाल फर्किएका थिए । त्यसपछि उनले थप उपचार कीर्तिपुरमै गर्दै आइरहेका छन् । योपटक शल्यक्रियामा क्यानडाबाट झिकाइएका चिकित्सक समेत सहभागी हुने अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्यमा पूर्ण सुधार आउन अझै केही समय लाग्ने चिकित्सकहरुले जनाएका छन् । भण्डारी यसबिचमा संसद बैठकमा सहभागी भएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी समेत दिँदै उपचारका संलग्न निकित्सक र सहयोग पुर्याउने सबैलाई धन्यवादज्ञापन समेत गरेका थिए ।
साेही आगलागीमा परी उनकी आमा हरिकला भण्डारीकाे घटनाकै दिन उपचारका क्रममा साेही बर्न सेन्टरमा निधन भएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार