पुष्पा टण्डनकाे मृत्यु प्रकरणमा रूपेन्देहीमा एक महिलासहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १६:१४:३८
३१ साउन, काठमाडौं । रुपन्देही तिलोत्तमा नगरपालिका–४ की ३६ वर्षीया पुष्पा टण्डनको मृत्यु प्रकरणमा प्रहरीले एक महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।
पुष्पाको मृत्युलाई लिएर आत्महत्या दुरुत्साहन कसुरमा परेको किटानी जाहेरीका आधारमा पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अन्य दुई जनाको भने परिचय खुलाइएको छैन ।
गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा तिलोत्तमा नगरपालिका–४ स्थित ड्राइभरटोलमा बस्दै आएकी थिइन् । यही २७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनका आफन्तले पुष्पालाई हत्या गरेर अपराध छल्न झुण्ड्याइएको भन्दै विभिन्न व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका छन् ।
घटनाका बेला पुष्पाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए । पुष्पाको मृत्युपछि घर आएका छन् । पुष्पासँग भुसाल दम्पत्तिको आर्थिक कारोबार रहेको खुलेको दाबी प्रहरीको छ । पुष्पाकाे शवनजिकै २० पानाको सुसाइड ‘नोट’ समेत प्रहरीले फेला पारेकाे थियाे ।
पुष्पाको आत्मत्या नभई हत्या भएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन स्थानीय महिलासहित अधिकारकर्मीहरुले बुटवलमा प्रदर्शन समेत गरेका थिए । उनीहरुले पुष्पा टण्डनलाई न्याय दिन माग गर्दैै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार