उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग, बाग्मतीको मिसाउँदासमेत १६ करोड लिटर मात्र वितरण
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १६:३४:१६
३१ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा यतिबेला पानीको हाहाकार छ । मेलम्ची गत महिनादेखि नै बन्द छ । बागमतीको प्रशोधन गरेर मिसाउँदा पनि १६ करोड लिटरभन्दा दैनिक पानी उत्पादन हुँदैन । ३१ करोड लिटर पानी दैनिक अपुग हुन्छ । वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ ।
सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बागमतीको पानी र अरू स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए ।
वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ । राईका अनुसार केन्द्रमा आएपछि मेलम्चीको लाइनबाटै पानी वितरण भइरहेको छ । वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको छ । मागभन्दा आधाको आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभएको उनको भनाइ थियो ।
प्रवक्ता राईका अनुसार उपत्यकामा वितरण गर्नका लागि पानी पर्याप्त नभए पनि धेरै समस्या अहिले छैन । बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक छ । लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ तर पूरा भैसकेको छैन ।
काठमाडौँ उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र त्यही अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो । तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि विसं २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो ।
ती संरचनाको पुनः निर्माण अहिले पनि भइरहेको छ । विसं. २०७९ र यो वर्षको पनि हिउँदमा पानी ल्याइएको थियो । हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ । त्यो पानी र लिमिटेडको आफ्नो उत्पादनका कारण उपत्यकामा खानेपानीको अभाव केही कम भएको थियो । लिमिटेडले उपत्यकाका आसपास अरू स्रोतहरू पनि खोजी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार