कांग्रेसको संगठन सुदृढीकरणको १० दिने अभियान सम्पन्न, जिल्लादेखि इकाइसम्मको प्रतिवेदन बुझाइँदै
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १८:१७:२१
३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको साउन २० गतेदेखि संचालन गरेको पहिलो चरणको आन्तरिक संगठन सुदृढीकरण अभियान सकिएको छ । साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले पहिलो चरणको १० दिने आन्तरिक संगठन सुदृढीकरण अभियान सुरु गरेको थियो । त्यो साउन ३० मा सम्पन्न भएको छ ।
२० साउनदेखि हिजोसम्म चलेको अभियान अन्तर्गत ७७ जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रसम्म कांग्रेसका केन्द्रीय नेताहरू पुगेर संगठनको अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूले पार्टी, भ्रातृ संस्था, शुभेच्छुक संस्था र जनप्रतिनिधिहरूलाई भेटेर पार्टी संगठनबारे सशक्तिकरण र परिचालन गरेका छन् । अभियानले जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह, वडा र टोल तहसम्म पार्टीको संगठनको अवस्था के छ ? भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अवस्था के छ भनेर जानकारी लिने, समस्याको पहिचान गर्ने काम गरेको छ ।
कांग्रेसले अभियानका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरूलाई प्रतिनिधिका रुपमा खटाएको थियो । प्रतिनिधिहरूलाई आफ्नो क्षेत्रका विषयमा लिखित प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिनिधिका रुपमा खटिएका नेताहरूले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएपनि देशभर पार्टीको अवस्था कहाँ कस्तो छ भन्ने बारे केन्द्रीय कार्यालयमा अपडेट हुनेछ । आन्तरिक अभियानको समीक्षापछि अर्को चरणको संगठन सुदृढीकरण अभियान प्रारम्भ गर्ने कांग्रेसको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार