रोपाइँ गर्न खेतमा जडान गरेको विद्युतीय मोटर र दमकल चोरी
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार ११:४:२९
♦ इन्दीप कोइराला
३२ साउन, बारा । बाराका किसानले धान रोपाइँ गर्न खेतमा जडान गरेका आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नं। ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन् ।
धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र दमकल चोरी भएको हो । महागढीमाई नगरपालिका– १०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि पाँच सय मिटर दुरी रहेका खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी भएको पीडित किसान कुइस राउत अहिरले बताए ।
उनका अनुसार रातिको १० बजे मोटर जडान गरी धान खेतमा पानी पटाउदै गरेको अवस्थामा दुई घण्टापछि १२ बजे राति हेर्न जाँदा मोटर हराएको थियो । चोरी भएको आशङ्कामा चारैतिर खोज्दा कतै मोटर नभेटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
खेतमा जडान गरिएको वडा नं। १० का चुल्हाई महतो नुनियाको प्रेमशङ्करप्रसाद साहको आँपको बगैँचामा पानी राख्न जडान गरिएको विद्युतीय मोटर पनि चोरी भएको छ । यसैगरी सोही वडाका सक्कलप्रसाद यादव र वडा नं. ३ का इजहार मियाँको दमकल चोरी भएको छ भने चनरदेव यादवको दमकल चोर्न नसकी सोही स्थानमा पल्टाएर छाडिएको छ ।
त्यस्तै ढोढा महतो कोइरीको दमकल चोर्न नसक्दा पसाहा नदीको नहरमा फालिएको अर्का पीडित किसान सीयारामप्रसाद कुशवाहाले बताए । त्यसैगरी धान खेतमा राखेका ध्रुप महतो कोइरी, महागढीमाई नगरपालिका–३ का सुनील जैसवाल र वडा नं. ४ दहियार टोलका चनरजितप्रसाद यादवको मोटर चोरी भएको छ । उनीहरू दुवै जनाले माछा पालनका लागि पोखरीमा मोटर जडान गरेका थिए । सिँचाइ गर्न खेतमा राखिएको मोटर र दमकल चोरी हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार