दोरम्बा हत्याकाण्डका शहीद स्मृति कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड दोरम्बा जाँदै
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार ११:३३:३५
३२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दोरम्बा जाँदैछन् । उनी जनयुद्धका शहिदहरुको स्मृति सभामा मुख्य अतिथिको रुपमा सहभागी हुन रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ अन्तर्गत डाँडाकटेरीमा जाने भएका हुन् । उनी नेपाली सेनाकाे हेलिकप्टरबाट दिउँसाे २ बजे जाँदैछन् ।
सशस्त्र विद्रोह जारी रहेका बेला २०६० मा आजकै तत्कालीन शाही सेनाले विद्रोही माओवादीका २१ जना नेताा कार्यकर्तालाई स्थानीयको घरमा बैठक बसिरहेका बेला निशस्त्र अवस्थामा नियन्त्रणमा लिएर सबैलाई हात पछाडि बाँधी डाँडाकटेरीमा पुर्याई लाइन राखेर गोली हानेर हत्या गरेका थिए । हत्यापछि सबैलाई भीरबाट लडाइएको थियो । हत्याकाण्डमा उच्च तहका नेता जिल्ला जनसरकार प्रमुख डहुका बाबुराम लामा ‘पुष्प’ पनि परेका थिए ।
पछि राष्ट्रिय मानवअधिकार आयोग समेतको सहभागितामा शव परीक्षण गर्दा सबै जना एकै गोलीबाट छेडिएको अवस्था पहिचान भएको थियो । जुन घटना दोरम्बा हत्याकाण्ड नामले चर्चित छ । सोही हत्याकाण्डले तत्कालीन अवस्थामा सरकार र माओवादीबीच चलिरहेको वार्ता समेत भंग हुन पुगेको थियो ।
माओवादीले हरेक वर्ष साउन ३२ मा दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ । याे वर्ष दाेरम्बा हत्याकाण्डकाे २० औं स्मृति दिवस मनाइँदैछ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले केही महिनाअघि मात्र दोरम्बा हत्याकाण्डमा मारिएका सबै लगायत जनयुद्धमा सरकार र राज्य पक्षबाट मारिएका सबैलाई शहिद घोषणा गरिसकेको छ । प्रधानमन्त्री प्रचण्ड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत हुन् । उनी जनयुद्धकालीन समयदेखि नै पार्टीमा अध्यक्ष रहँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार