वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, ग्लोवल आईएमईले सामान्य बढाउँदा नविलले राख्यो यथावत
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार ११:३५:२७
३२ साउन, काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि फरक फरक ब्याजदर निर्धारण गरेका छन् । बैंकर्स संघले साउनदेखि ब्याजदरको कार्टेलिङ खारेज गरेपछि बैंकहरुले आफैंले ब्याजदर तोकेका हुने भने मुद्दती निक्षेपकाे ब्याजदरमा केही बैंकहरुले ब्याजदर हेरफेर गरेका छन् । भदौ १ गतेबाट लागू हुने निक्षेपको ब्याजदर बैंक अनुसार फरक फरक भएको छ ।
नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकले अधिकतम १०.८९ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । नविल, ग्लोबल आईएमई, एनआईसी एसिया लगायत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा केही परिवर्तन गरेका छन् । संस्थागततर्फ अधिकतम ८.८९ प्रतिशतका दरले ब्याज दिने जनाएका छन भने मुद्दतीको ब्याजदर फरकफरक छ । लामो अवधिको मुद्दतीमा १०.८९ तथा ३ महिने र एक वर्षभन्दा कम अवधिकोलाई ७.२९ प्रतिशतसम्म ब्याज दिने बैंकहरुको भनाइ छ ।
नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि भदौ १ गतेदेखि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनामा साउनकै ब्याजदर यथावत राखेको हो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा पनि सोही ब्याजदर कायम थियो ।
यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर तोकेको छ । साउनमा पनि सोही ब्याज कायम थियो ।
ग्लोबल आइएमई बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यस्तै, रेमिट्यान्स बचतमा ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।
ग्लोबलले बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
यस्तै एनआईसी एशिया बैंकले पनि भोलि भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तितगतर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा भदौ महिनाको लागि ब्याजदर बढाएर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि सोही ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।
कुमारी, प्रभु, नेपाल एसबिआई, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, लक्ष्मी सनराइज, सानिमा, कृषि विकास, सिटिजन्स, ग्लोबल आइएमई, एभरेष्ट र नेपाल बैंकले मुद्दती र साधारण बचतमध्ये कुनै न कुनै ब्याजदर बढाएका छन्। धेरैले मुद्दती निक्षेपको ब्याजदर नै बढाएका छन् भने केही साधारण बचतको ब्याजदर बढाएका छन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ दिनको मुद्दतीमा ७.२९ प्रतिशत ब्याजदर दिने बताएको छ । त्यसैगरी एनएमबी बैंकले ६ महिनाभन्दा कम अवधिको निक्षेपमा ८.१० प्रतिशत दिँदैछ । एनएमबी, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टड लगायत बैंकले भने साउनको तुलनामा ब्याजदर घटाएका छन् ।
सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । सो बैंकको मुद्दती निक्षेपमा अधिकतम ८.९२ प्रतिशत ब्याजदर छ । संस्थागततर्फ उसले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ । नबिल, एसबीआई र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् ।
विकास बैंकहरुले भने भदौमा पनि कार्टेलिङलाई निरन्तरता दिएका छन् । राष्ट्रिय स्तरका विकास बैंकले ब्याजदर बढाउँदै कार्टेलिङलाई निरन्तरता दिएका हुन् । उनीहरूले व्यक्तिगत निक्षेपको ब्याजदर ११.१५ र संस्थागततर्फको निक्षेपको ब्याजदर ९.१५ प्रतिशत पुर्याएका छन् । राष्ट्रिय स्तरका विकास बैंकमा साउनमा व्यक्तिगत निक्षेपमा १०.१० र संस्थागत निक्षेपमा ८.१० प्रतिशत ब्याजदर थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार