बीमा रकमका लागि आफ्नै टिपरमा आगजनी गर्ने मालिकसहित ३ जनाविरूद्ध मुद्दा दर्ताकाे तयारी
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १२:१०:२८
३२ साउन, काठमाडौं । बीमाको रकम भुक्तानी लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बीमा रकम लिन सुनियोजित रुपमा आफ्नै टिपरमा आगजनी गरेको आरोपमा उनीहरुलाई ललितपुर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ जना रामेछाप र एक जना सिन्धुलीका छन् । रामेछाप घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, टीकाथली बस्ने ३३ वर्षीय भिमसेन खत्री र सिन्धुली घर भई हाल टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री रहेको प्रहरीले जनाएको छ ।
१३ महिना अगाडि प्रदीपकुमारले बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता १३ लाख रुपैयाँ तिर्ने गरी खरिद गरेका थिए । उक्त टिपर उनले आफ्नै भाइ भिमसेन खत्रीलाई चलाउन दिएका थिए ।
त्यसक्रममा गोदावरी नगरपालिका–९ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर चार महिनादेखि थन्किइरहेको थियो । मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले नयाँ योजना बनाए । र, यही साउन १२ गते राति टिपरमा पेट्रोल छर्केर आगो लगाइदिए । टिपर जलेर काम नलाग्ने अवस्थामा पुग्यो । त्यसपछि चापागाउँ प्रहरीमा पुगेर आगो लगाउने व्यक्तिको खोजी गरिदिन भन्दै प्रदीपकुमार चापागाउँ प्रहरी वृत्त पुगे ।
त्यसपछि बीमा रकमका भुक्तानी पाउन प्रहरीलाई सिफारिस गर्न भने । तर अनुसन्धानका क्रममा घटनामा संलग्नताको सुई प्रदीपकुमारतिरै सोझिन पुग्यो । अन्ततः आगो लगाउने कसुर प्रदीपकु्मार लगायत मिलर गरेको खुल्यो । त्यसपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरीको आशंका सही सावित भयो ।
लामो समयदेखि बिग्रिएर सडक छेउमा थन्किएको टिपरमा आगजनी के उद्देश्यबाट गरियो ? भन्ने कोणबाट थालिएको अनुसन्धानका क्रममा टिपर मालिक र चालक नै दोषी भएको पत्ता लागेको हो ।
हाल प्रदीपकुमार लगायत तीनै जनालाई ललितपुर प्रहरीले ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाे छिट्टै अदालतमा मुद्दा दर्ता हुने जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार